ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुका लागि सुरक्षा बेल्टहरु प्रदान

Share this news

खरसाङ,1 जुलाई(निसं): खरसाङ पुलिस थाना अन्तर्गत गाड़ीधुरा पुलिस आउट पोष्टको ट्राफिक ओसी सञ्जीव दत्तको अगुवाईमा 3 वर्षदेखि 7 वर्षसम्मका विद्यार्थी नानीहरुलाई सुरक्षाको लागि बाइकमा पछाड़ी पक्रनलाई सुरक्षा बेल्ट प्रदान गरेका छन्। गाड़ीधुरा ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलबार 1 जुलाईदेखि आगामी 8 जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेभ ड्राइभ सेफ लाइभ आयोजना गरिएको छ। यही सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सुरक्षाको लागि सुरक्षा बेल्टहरु प्रदान गरिएको छ। यस क्षेत्रमा रहेका अभिभावकहरुले विद्यार्थी नानीहरुलाई बाइक र स्कुटीको पछाड़ी लाने गर्छन् जुन सुरक्षित नरहेको कारणले ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा 3 देखि 7 वर्षसम्मका जम्मा 25 जना नानीहरुका लागि अभिभावकहरुलाई सुरक्षा बेल्ट प्रदान गरिएको छ। यसले गर्दा अभिभावकको बाइक र स्कुटीको पछाड़ी विद्यालय जाने विद्यार्थी नानीहरुलाई सुरक्षा प्रदान गर्दछ। ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तले तिनको अगुवाईमा सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत 8 जुलाईसम्म ट्राफिक सचेतनाको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने बताएका छन्।


Share this news
आजको रोजाइ
तकदाह बजारमा पुलिसद्वारा सडक सुरक्षा जागरुक कार्यक्रम

तकदाह बजारमा पुलिसद्वारा सडक सुरक्षा जागरुक कार्यक्रम

हरसिहहट्टाको विभिन्न स्थानमा सडक मरमती कार्य आरम्भ

हरसिहहट्टाको विभिन्न स्थानमा सडक मरमती कार्य आरम्भ

अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

नपा अध्यक्ष सुरेश तामाङ र कर्मचारीहरूको पहल

नपा अध्यक्ष सुरेश तामाङ र कर्मचारीहरूको पहल

साउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन

साउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन

सिक्किम पुलीसको लागूऔषध विरुद्धको लडाईं जारी

सिक्किम पुलीसको लागूऔषध विरुद्धको लडाईं जारी

पर्यटन मानचित्र भित्र ओझेल परेको गोप्रे फल्स

पर्यटन मानचित्र भित्र ओझेल परेको गोप्रे फल्स

बीकेएसवाई-द्वारा कृषकहरुलाई कृषि सामाग्री प्रदान

बीकेएसवाई-द्वारा कृषकहरुलाई कृषि सामाग्री प्रदान

खरसाङ,मिरिक र कालेबुङ नगरपालिका चुनाव झट्टै हुनुपर्ने मागमा भाजपाको डेपुटेशन

खरसाङ,मिरिक र कालेबुङ नगरपालिका चुनाव झट्टै हुनुपर्ने मागमा भाजपाको डेपुटेशन

राजबाडीबाट अजयलाई छोडे संजय र दिपङ्करले

राजबाडीबाट अजयलाई छोडे संजय र दिपङ्करले