14 ग्राम पञ्चायत 15 समष्टिका जनताको निम्ति नयाँ अस्पताल भवन आवश्यकः श्यमा शेर्पा

Share this news

खरसाङ, 1 जुलाई (निसं)ः खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद एवं जीटीए स्वस्थ्य विभागका भारप्राप्त सभासद श्याम शेर्पाले खरसाङ महकुमा अस्पताल चाँड़ो निर्माण हुन पर्ने माग गरेका छन्। तिनले उक्त माग उत्तर बंगाल स्वस्थ्य निर्देशालय (स्वस्थ्य सेवा) का उप निर्देशक तनिमा मण्डलसित उक्त माग गर्दै एउटा ज्ञापन पनि बुझाएका छन्। उक्त ज्ञापनमा खरसाङ महकुमा अस्पतालको नयाँ भवन चाँड़ो निर्माण गर्नुको साथै वर्तमानमा मृगौला रोगीहरू धेरै रहेकाले खरसाङ महकुमा अस्पतालमा एउटा डायलिसिस सेन्टर चाँड़ो स्थापना गर्ने, अस्पतालमा डाक्टर, नर्स, ग्रुप सी र डी कर्मचारीहरूको नियुक्ति गर्ने, अस्पतालमा औषधि अनि अन्य चिकित्सा सामग्रीहरूको आपूर्तीलाई सही राख्ने माग गरेका छन्। सभासद्ले स्वस्थ्य सेवा मानिसहरूको मौलिक अधिकार रहेको जनाउदै खरसाङ महकुमा अस्पतालले 24 खरसाङ विधानसभा समष्टि अन्तर्गत रहेका 14 ग्राम पञ्चायत, 15 वटा जीटीएको समष्टिका 1 लाख 36 हजार 7 सय 93 (2011 को जनगणना अनुसार) मानिसहरूको निम्ति स्वस्थ्य सेवा प्रदान गर्नु पर्ने भएकोले यस अस्पतालको सेवा आधुनिक सुविधा सम्पन्न हुनपर्ने पनि माग गरेका छन्। तिनले खरसाङ महकुमा अस्पतालले दार्जीलिङ जिल्लाकै अधिकतर चिया बगानका मानिसहरूको निम्ति स्वस्थ्य सेवा प्रदान गरिरहेको र यी चिया बगान क्षेत्रहरूमा धेरै मानिसहरू गरिबीको रेखामुनि जीवन यापन गरिरहेका उप निर्देशकलाई अवगत गराउदै चिया बगान क्षेत्रका ती सबै मानिसहरूको निम्ति स्वस्थ्य सेवा प्रदान गर्नको निम्ति अस्पतालको सेवा र क्षमतामा वृद्धि गर्न पर्ने माग गरेका छन्। सभासदले वर्तमानमा पुरुष मेडिकल वार्डमा 10 वटा मात्र बेड क्षमता रहेको उप निर्देशकलाई अवगत गराउदै नयाँ अस्पताल भवन चाँड़ो निर्माण गर्न अति आवश्यक रहेको बताएका छन्। सभासद श्याम शेर्पाले उक्त ज्ञापन सोमवार अस्पतालको भ्रमणको समयमा निर्देशलाई दिएको जानकारी गराएका छन्। यो मागलाई उच्च स्तरमा लैजाने आश्‍वासन उपनिर्देशकले दिएकी छन्। श्याम शेर्पाले यस मागको बारेमा जीटीएका मुख्य कार्यपाल अनित थापासित भेट गरेर जानकारी गराउने अनि यस विषयमा प्रमुख कार्यपालको सहयोगको लागि अनुरोध गर्ने पनि बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ