हिंस्रक बन्दैछन् खरसाङका बाँदरहरू

Share this news

खरसाङ, 1 जुलाई (निसं)ः खरसाङका बाँदरहरू हिंस्रक बन्दैछन्। शहरमा बाँदरको उपद्रव यथावत रहेको छ भने मानिसहरूमाथि बाँदरको आक्रमणमा वृद्धि भएको, बाँदरले परेवा, भँगरो जस्ता पक्षीहरू मारेर खान थालेको मानिसहरूको गुनासो छ। खरसाङ महकुमा अस्पताल वरिपरि, वर्द्धवान रोडमा रहेका बाँदरहरूले समय-समयमा मानिसमाथि झम्टिने गरेको, आक्रमण गर्ने गरेको गुनासोहरू प्राप्त भएको छ। खरसाङको राष्ट्रिय राजमार्ग 110 को पुरानो बाटा शो-रुम अघि केही दिन अघि एउटा बाँदरले परेवार मारेर खाइरहेको दृश्य धेरैले देखेका थिए। उक्त बाँदरले परेवार मारेर परेवाको अधा जति भाग खाइसकेको थियो। बाँदरले परेवार खाएको धेरैले त्यस स्थानमा हेरिरहेका थिए। यो दृश्य देखेर धेरैले आश्‍चर्य प्रकट पनि गरिरहेका थिए। उक्त बाँदरले परेवा मारेर हातमा बोकेको थियो भने समय समयमा चिथोरेर खाइरहेको थियो। एउटा बिल्डिङमा चड़ेर रेलिङमा बसेर परेवा खाइरहेको अवस्थमा बिल्डिङका मानिसहरूले भित्रबाट धपाएपछि परेवाको आधा शरीर त्यही छोड़ेर बाँदर भागेको थियो। यसै गरी खरसाङ अस्पतालको मुन्तिर पर्खालमा पनि एउटा बाँदरले भँगेर मारेर खाएको देखिएको मनिसहरूले बताएका छन्। ज्ञात रहोस खरसाङमा बाँदरबाट हुने समस्या वर्तमानमा सृजना भएको होइन, खरसाङमा बाँदरहरू मानिसहरू संगै आवशीय क्षेत्रमा बस्ने गर्छन्। शहरको विभिन्न स्थानमा फालिएको खाने कुरो खाने गर्छन्, फोहोर-मैला फालिने स्थानमा खाना खजेर खाने गर्छन्, यतिले पनि नपुगेपछि दोकानहरूबाट चरेर आफ्नो पेट भर्ने गर्छन्। यस्ता बाँदरहरू मध्ये कतिपय अटेरी स्वाभावका छन्, जसले मानिसहरूलाई नटेर्ने, झम्टिने गरेको पाइएको छ। खानेकुरो नपाएर हो अथवा अन्य कुनै कारणले यसरी बाँदरले परेवा अनि भँगेरो मारेर खाएको दुर्लभ दृश्यहरू भने खरसाङमा देखिन थालिएको छ। बाँदरले यसरी परेवा, भँगेर मारेर खाएको घटना अधि नदेखिएको धेरै मानिसहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ