गोरामुमो तीनधारे सुकना समष्टिको सांगठनिक सभा सम्पन्न

Share this news

तीनधारे, 30 जून (निसं)ः तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको एक सांगठनिक सभा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभालाई समष्टिको मूल सचिव प्रमोद थापाले स्वागत वक्तव्य राखेका थिए। सभामा समष्टि युवा एकाइका सभापति अमीत प्रधानले भने, हामी अनि हाम्रो पार्टी आर्थिक रूपमा कमी छौँ होला तर हाम्रो मनोबल उच्च छ। हामीसंग एउटा उद्देश्य छ । एउटा लक्ष्य छ। एउटा निश्‍चित मुद्दा छ। यसर्थ पार्टीलाई सुदृढ पार्न कम्बर कस्नुपर्छ।’सभालाई सभाध्यक्ष जेबी गुरूङले सम्बोधन गर्दै भने, आज हाम्रो पहाडको राजनैतिक समीकरणमा नौलो नौलो प्रयोग अनि परिवर्तन देखा पर्दैछ। एक सुनौलो घामको किरण यो गोर्खे आकाशमा उदाउने तर्खरमा रहेको छाँटकाँट भान भईरहेको छ। पहाडको सबै पार्टी एकै मुखे अनि एक स्वरमा भट्याउने भएको छ। तर सबै पार्टी आ-आफ्नो वर्चस्व कायम राख्न दौडधुप पनि गरिएको छ। हामी पनि यो दौडमा पछि पर्नु हुँदैन। हाम्रो पार्टीलाई सांगठनिक रूपमा सुदृढ पार्न तन-मन धनले लागि पर्नु पर्छ।’उनले हाम्रो पार्टीको संस्थापक अध्यक्ष अतुल्य सुवास घिसिङले देख्न भएको सपनालाई बिपना बनाउन सबै लागि पर्न निवेदन गर्दै सबैलाई सभामा उपस्थितिको निम्ति धन्यवाद ज्ञापन गरे। सभालाई समष्टि सह-सचिव सुमन गुरूङले सञ्चालन गरेका थिए। सभामा पार्टीको वरिष्ठ सदस्य जीएस लामा, शिला प्रधान, अनिता लामा अनि विभिन्न शाखाको प्रतिनिधिहरू उपस्थित थिए भनी गोरामुमो तीनधारे सुकना समष्टिको प्रचार प्रसार सचिव पूर्ण गुरूङले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ