दक्षिण बंगालमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर भाजपाद्वारा खरसाङमा पोष्टरिङ

Share this news

खरसाङ, 30 जून (निसं)ः दक्षिण बंगालको एउटा ल कलेजमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर पिढीतले न्याय पाउनु पर्ने तथा बंगालमा राष्ट्रपति शासन लागु गर्ने मांग गर्दै भारतीय जनता पार्टीले खरसाङमा पोष्टरिङ गरेको छ। भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरु हाट बजार, पार्क लोकेशन, मोटर स्ट्याण्ड लगायत अन्य स्थानतिर पोष्टरिङ गरेको छ। दक्षिण बंगालमा भएको घटनाको विरोधमा तथा न्यायको मांग गर्दै खरसाङमा गरिएको पोष्टरिङमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टिको संयोजक आरबी लामा, भाजपा युवा शक्तिको जिल्ला सचिव बिनय प्रसाद, दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एंव खरसाङ गिध्द पहाड मण्डलको सभापति दिक्षा तामाङ, खरसाङ चिमनी देवराली मण्डलको सभापति सञ्जय थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पोष्टरिङ कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले दक्षिण बंगालको ल कलेजमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर बंगालभरि विरोध भईरहेको छ भने यता पहाडमा पनि विरोध भईरहेको र हामीले पनि यस घटनाको विरोधमा र पिढिताले न्याय पाउनु पर्ने मांगमा पोष्टरिङ गरिएको बताएका छन्। उनले यस्तो दुष्कर्मको घटना बंगालमा नयाँ होइन भनी बताउँदै बंगालमा तृणमूलको लागि कानुन केही पनि होइन अनि बंगाल सरकार राज्यमा शासन चलाउन पूर्ण रुपमा असफल भएको छ भनी बताएका छन्। लामाले तृणमूल कांग्रेसलाई कानुनसित कुनै डर छैन र डराउँदैन पनि भन्दै बंगालमा झट्टै राष्ट्रपति शासन लागु गर्ने मांग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपा युवा मोर्चा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसादले पश्‍चिम बंगालमा कानुन व्यवस्था कायम राख्नलाई राज्य सरकार पूर्ण रुपमा असफल भएको छ र अब तृणमूल कांग्रेस सरकारमा बस्ने कुनै अधिकार छैन भन्दै झट्टै बंगालमा राष्ट्रपति शासन लागु गर्ने मांग गरेका छन्। उनले राज्यमा चेलीबेटी असुरक्षित रहेको साथै कानुन व्यवस्था कायम राख्न राज्य सरकार असफल भएको कारणले बंगालमा राष्ट्रपति शासन लागु गर्नलाई राज्यपाल र केन्द्र सरकार समक्ष मांग गरेका छन्। त्यसरी नै पञ्चायत समिति सदस्या दिक्षा तामाङले पनि राज्यमा एकजना महिला मुख्यमन्त्री भएर पनि महिलाहरु सुरक्षित नरहेको बताउँदै बंगालमा महिलाहरुमाथि भएको विभिन्न घटनाहरु विषयमा जानकारी गराउँदै विरोध जनाएका छन्। भारतीय जनता पार्टीको तर्फबाट कानुन व्यवस्था कायम राख्न राज्य सरकार असफल भएको र बंगालमा झट्टै राष्ट्रपति शासन लागु गरिनु पर्ने माग गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ