Heart attack at a young age: A crisis caused by modern lifestyle
Heart attack at a young age: A crisis caused by modern lifestyle

जवान उमेरमै हृदयाघात: आधुनिक जीवनशैलीले निम्त्याएको संकट

Share this news

जवान उमेरमै हृदयाघात

नयॉं दिल्लीमा ३० को दशकमा रहेका राहुल श्रीवास्तव आफ्नो करिअरको उत्कर्षमा थिए, डेडलाइन, लेट-नाइट मिटिङ, र द्रुत गतिमा चलिरहेको जीवनशैली| तर एक सॉंझ, छातीमा अचानक आएको तीव्र पीड़ाले तिनको जीवन पुरै परिवर्तन गरिदियो| अस्पताल पुर्‍याउँदा थाहा भयो उनी हृदयाघात (हार्ट अट्याक) भोगिरहेका थिए| बुढ्यौलीमा हुने मानिएको हृदयाघात अहिले जवानमा झन् बढ़ी देखिन थालेको छ|
५०% हृदयाघातको घटना ४० वर्ष मुनिका व्यक्तिमा
डॉ. रवि प्रकाश, वरिष्ठ कार्डियोलोजी विशेषज्ञ अनुसार, २०२० देखि २०२३ को बिचमा संकलित डाटाले देखाउँछ कि भारतभरिका अस्पतालहरूमा ५०% हार्ट अट्याकका बिरामीहरू ४० वर्ष मुनिका थिए| चिकित्सकहरू यस आकस्मिक वृद्धिले चिन्तित छन्| यस अवस्थाको मुख्य कारणहरूमा निस्क्रिय जीवनशैली, तनाव, अस्वस्थ खाना, धूम्रपान, मद्यपान, र अनुवांशिकता रहेका छन्| कोभिडपछि ६०% ले बढ्यो आपतकालीन केसहरू
दिल्लीस्थित आकास हेल्थकेयरको पॉंच वर्षे अध्यनले कोभिडपछि हृदयाघातका केसहरू दोब्बर भएको देखाएको छ| ७६२ केसहरूलाई महामारीअघि, महामारीको समयमा र महामारीपछि तीन चरणमा विश्लेषण गरिएको थियो|
पहिले ५०-६० वर्षको उमेरमा मात्र देखिने हृदयाघात अब ३० को दशकमा नै प्राणघातक रूपमा देखिन थालेको छ| चिकित्सकहरूका अनुसार यो परिवर्तन निकै चिन्ताजनक हो| यद्यपि, सबै अचानक मृत्युहरू हार्ट अट्याकका कारण नहुन सक्छन्| धेरैजसो एरिथ्मिया (अनियमित हृदयगति) जस्ता कारणहरूले पनि यस्ता घटनाहरू घट्न सक्छन्|
हामीले खेलकुद, जिम वा स्टेज कार्यक्रममा पनि युवा ढलेको देखेका छौं| यस्ता घटनाहरू प्राय एरिथ्मियाको कारण हुन्छन्, डॉ. प्रकाशले बताए|
जीवनशैलीमा तीव्र परिवर्तन
भारत र अन्य दक्षिण एशियाली मुलुकहरूमा अनुवांशिक जोखिम त छँदैछ, तर पछिल्लो केही वर्षमा जीवनशैलीको गिरावटले थप समस्या निम्त्याएको छ| डॉ. प्रकाशका अनुसार, धूम्रपान अहिले स्कुले बालबालिकामाझ पनि आम भइसकेको छ, खासगरी किशोरीहरूमा| प्रशोधित खाना, बढ़ी चिनी, बढ़ी नुन, मोटोपना, तनाव र निद्राको कमी प्रमुख कारण हुन्|
कार्यजीवन असन्तुलनको प्रभाव
लामो कार्यघण्टा, रोजगारीको अस्थिरता, तनाव र विश्रामको अभावले कार्यरत वर्गमा हृदयघातको जोखिम ब़ढ़ीरहेको छ|
डॉ. जितेन्द्रनाथ पटनायक (मणिपाल अस्पताल, भुवनेश्वर) भन्छन्, १२ घण्टाभन्दा बढ़ी काम गर्ने कर्मचारीमा हृदयघातको जोखिम दोब्बर हुन्छ| कार्यस्थलमा मानसिक तनावले दीर्घकालीन रोग निम्त्याउँछ|
कोभिड१९ र हृदय समस्याको सम्बन्ध
नेशनल इन्स्टिच्युट्स अफ हेल्थ द्वारा गरिएको अध्यनले कोभिड संक्रमितहरूमा हृदयाघात, स्ट्रोक र मृत्युको जोखिम दोब्बर भएको देखाएको छ| अस्पतालमा भर्ना भएका केसहरूमा यो जोखिम चार गुणा बढ़ी देखिएको छ|
मद्दपान र ह्रदय स्वास्थ्य
डॉ. चिराग डीका अनुसार, मद्यपानले रक्तचाप बढाउँछ, हृदयको गति गड़बड़ गराउँछ, नशा बन्द गराउँछ र पोषक तत्वहरू जस्तै भिटामिन बी१, म्याग्नेसियम र फोलिक एसिडको कमी गराउँछ|
समयसँगै यसले हृदय मांसपेशीलाई कमजोर बनाउँछ र अचानक हृदयघात निम्त्याउन सक्छ|
खानपानका बानी र जोखिम
डाइटले सिधै हृदयघातमा असर पार्दछ| प्रशोधित, तारेको खाना, र चिल्लो चीजहरू जस्तै बटर आदिको अत्यधिक सेवनले रक्तचाप र कोलेस्ट्रोल बढाउँछ|
डॉ. अशोक कुमार भन्छन्, जस्तो खाना, त्यस्तै स्वास्थ्य| सेतो रोटी, मिठाई, फ्राइड खाना र चिनीले भरिएको पेयपदार्थ अत्यधिक जोखिमपूर्ण हुन्छ|
र के गर्न सकिन्छ?
डॉ. पटनायक भन्छन्, कामजीवन सन्तुलन, नियमित स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य सहयोग, र कार्यस्थल सुधारमार्फत यस समस्यालाई न्यूनीकरण गर्न सकिन्छ|
सरकारले कामको समय सीमित गर्ने, नोकरी सुरक्षित बनाउने, र कार्यस्थलमा स्वास्थ्यको प्रवर्द्धन गर्ने नीतिहरू ल्याउनु आवश्यक छ|
निष्कर्ष: सानो परिवर्तन, ठूलो लाभ
डॉ. प्रकाश भन्छन्, अनुवांशिकता एउटा कारण हुन सक्छ, तर जीवनशैली मुख्य कारक हो| आजको सानो सुधारले भोलिको ठूलो संकट टार्न सक्छ|


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ