खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम

Share this news

खरसाङको नयाँ बजारस्थित स्कूल अफ् गिटार लर्निङको आयोजनामा खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम गरिएको थियो। खरसाङको वर्ध्दमान रोडमा रहेको एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा भायोलिन वादक देशराज गजमेर उपस्थित रहेका थिए। कार्यक्रममा संगीत विषयमा नानीहरुलाई सचेतना एंव जानकारी गराउन मुख्य शोध वक्ताको रुपमा आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढीको‌ निर्देशक अभिषेक गहतराज उपस्थित रहेका थिए। कार्यक्रममा अमीरमाया गहतराज, निर्मल कुमार गहतराज लगायत अन्यहरु उपस्थित रहेका थिए‌। यस कार्यक्रमलाई स्कूल अफ् गिटार लर्लिङ खरसाङको निर्देशक नर्बु छिरिङ शेर्पाले सञ्चालन गरेका थिए। यस कार्यक्रममा नानीहरु र अभिभावकहरुलाई आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढीको‌ निर्देशक अभिषेक गहतराजले संगीतको विभिन्न विषयहरुमा चर्चा परिचर्चा गर्दै जानकारीसहित सचेतना गराएका थिए। यस कार्यक्रममा स्कूल‌ अफ् गिटार लर्निङ स्कूलका नानीहरुले संगीतमा आफ्नो आफ्नो प्रस्तुतिहरु दिएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्कूल अफ् गिटार लर्निङ खरसाङको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको स्कूल अफ् गिटार लर्निङ खरसाङको निर्देशक नर्बु छिरिङ शेर्पाले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ