तकदाह चियाबारी, दार्जीलिङका वाङ्गे गुरूङ मेरो भोइसमा युनिभर्समा लोकगीत राउन्डमा पुगेका छन्। भाग्य गुरूङका छोरा वाङ्गे गुरूङ सानैबाट गीत गाउन रुची राखेर उक्त प्रतियोगितामा पुगेका छन्। उनी दार्जीलिङको सेन्ट रोबर्टस् उच्चोत्तर माध्यमिक विद्यालयको एघाह्रौं श्रेणीका विद्यार्थी हुन्।
