आसामको तीन सुकिया जिल्ला अन्तर्गत दुलियाजानमा त्यहाँ सञ्चालित दुलियाजान कला साहित्य मञ्चद्वारा नेपाली साहित्यमा योगदान दिंदै आएका साहित्यकारहरूलाई सम्मान जनाइएको थियो। जसमा दार्जीलिङबाट सचेन्द्र दुमी, बिमला जोशी, कालेबुङबाट गणेश प्रधान, सिलगढीबाट युवराज काफ्ले र नेपालबाट बाबुराम श्रेष्ठ रहेकि थिए। यो कार्यक्रमा उक्त मञ्चबाट प्रकाशित हुने पत्रिका अभिव्यक्तिको 54 औं अङ्क कविता विशेषाङ्कको पनि विमोचन गरिएको थियो। उक्त कार्यक्रम सफल पार्न मञ्चका सचिव नरसिंह छेत्री अनि अरू पदाधिकारीहरूको विशेष योगदान रहेको जानकारी पाइएको छ।

दुलियाजान कला साहित्य मञ्चद्वारा सम्मानित
- Post author:admin
- Post published:June 30, 2025
- Post category:कथा
- Post comments:0 Comments
Tags: आसाम