मिडल गोदकमा सार्वजनिक भवनको उद्घाटन

Share this news

जलढाका, 30 मई (निसं)ः आज एक विशेष कार्यक्रम सम्पन्न गरी कालेबुङ जिल्लाको सुदुरवर्ती गाउँ 45 नम्बर समष्टिको मिडल गोदकमा क्षेत्रीय सभासद लाक्पा नाम्गे भोटियाको विशेष पहलमा जीटीएद्वारा निर्मित सार्वजनिक भवनको उद्घाटन सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता पाटन गोदक ग्राम पञ्चायत प्रधान गोविन्द गुरूङले गरेका थिए। मुख्य अतिथिको रूपमा रतन कुमार थापा( कार्यकारी सभासद, पञ्चायत एवं ग्रामीण विभाग) उपस्थित थिए भने विशिष्ट अतिथि रूदेन सादा लेप्चा (विधायक कालेबुङ) उपस्थित थिए। कार्यक्रममा अन्य अतिथिहरू क्रमैले 43 समष्टि सभासद रतन थापा, 44 समष्टि सभासद अमर छेत्री, झठज गोरुबथान बिरन गुरूङ, एक्जुकेटिभ ईन्जिनियर राजु शर्मा, पुर्त कर्माध्यक्ष गोरूबथान देवराज सुब्बा, कर्माध्यक्ष गोरूबथान स्मिता सोताङ, एमु गुरुङ, भिमकला जैरू, जोन 1 सभापति अनुप गुरुङ, जोन 2 सचिव विभुषण थापा, जोन 2 सभापति गोविन्द गुरुङ आदि उपस्थित थिए ।
मुख्य अतिथि रतन थापा अनि विधायक रूदेन लेप्चाले रिबन काटेर उद्घाटन गरे भने क्षेत्रिय सभासदले भवनको ताला खोले। कार्यक्रममा नानीहरूद्वारा नृत्य तथा गीतहरू पनि प्रस्तुत गरिएको थियो।
आजको उद्घाटन कार्यक्रममा स्वागत भाषण श्रीमान लाक्पा नाम्गेल भूटिया(सभासद 45 समष्टि) ले राखेका थिए भने कार्यक्रमलाई पिटर राई (गोदक), रूदेन सादा लेप्चा, रतन कुमार थापा(मुख्यअतिथि) आदिले सम्बोधन गरे।
भवनको निम्ति जमिन दान गर्ने दाताहरू

1) डम्बर राई

2) ईशान राई अनि कमल राईलाई सम्बर्धना पनि जनाइयो भने विभिन्न सांस्कृति कार्यक्रम पनि प्रस्तुत गरियो। उपस्थित सबैलाई तोदे ताङता ग्राम पञ्चायत सदस्य श्रीमती टीका गुरूङले धन्यवाद ज्ञापन जनाए।

कार्यक्रमको अन्त्यमा सभापति गोविन्द गुरूङ (प्रधान, पाटेन गोदक ग्राम पञ्चायत) ले सम्बोधन सँगै कार्यक्रम समाप्त भएको घोषणा गरे। सम्पूर्ण कार्यक्रम रोशन प्रधानले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ