Public building inaugurated in Middle Godak

मिडल गोदकमा सार्वजनिक भवनको उद्घाटन

Share this news

जलढाका, 30 मई (निसं)ः आज एक विशेष कार्यक्रम सम्पन्न गरी कालेबुङ जिल्लाको सुदुरवर्ती गाउँ 45 नम्बर समष्टिको मिडल गोदकमा क्षेत्रीय सभासद लाक्पा नाम्गे भोटियाको विशेष पहलमा जीटीएद्वारा निर्मित सार्वजनिक भवनको उद्घाटन सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता पाटन गोदक ग्राम पञ्चायत प्रधान गोविन्द गुरूङले गरेका थिए। मुख्य अतिथिको रूपमा रतन कुमार थापा( कार्यकारी सभासद, पञ्चायत एवं ग्रामीण विभाग) उपस्थित थिए भने विशिष्ट अतिथि रूदेन सादा लेप्चा (विधायक कालेबुङ) उपस्थित थिए। कार्यक्रममा अन्य अतिथिहरू क्रमैले 43 समष्टि सभासद रतन थापा, 44 समष्टि सभासद अमर छेत्री, झठज गोरुबथान बिरन गुरूङ, एक्जुकेटिभ ईन्जिनियर राजु शर्मा, पुर्त कर्माध्यक्ष गोरूबथान देवराज सुब्बा, कर्माध्यक्ष गोरूबथान स्मिता सोताङ, एमु गुरुङ, भिमकला जैरू, जोन 1 सभापति अनुप गुरुङ, जोन 2 सचिव विभुषण थापा, जोन 2 सभापति गोविन्द गुरुङ आदि उपस्थित थिए ।
मुख्य अतिथि रतन थापा अनि विधायक रूदेन लेप्चाले रिबन काटेर उद्घाटन गरे भने क्षेत्रिय सभासदले भवनको ताला खोले। कार्यक्रममा नानीहरूद्वारा नृत्य तथा गीतहरू पनि प्रस्तुत गरिएको थियो।
आजको उद्घाटन कार्यक्रममा स्वागत भाषण श्रीमान लाक्पा नाम्गेल भूटिया(सभासद 45 समष्टि) ले राखेका थिए भने कार्यक्रमलाई पिटर राई (गोदक), रूदेन सादा लेप्चा, रतन कुमार थापा(मुख्यअतिथि) आदिले सम्बोधन गरे।
भवनको निम्ति जमिन दान गर्ने दाताहरू

1) डम्बर राई

2) ईशान राई अनि कमल राईलाई सम्बर्धना पनि जनाइयो भने विभिन्न सांस्कृति कार्यक्रम पनि प्रस्तुत गरियो। उपस्थित सबैलाई तोदे ताङता ग्राम पञ्चायत सदस्य श्रीमती टीका गुरूङले धन्यवाद ज्ञापन जनाए।

कार्यक्रमको अन्त्यमा सभापति गोविन्द गुरूङ (प्रधान, पाटेन गोदक ग्राम पञ्चायत) ले सम्बोधन सँगै कार्यक्रम समाप्त भएको घोषणा गरे। सम्पूर्ण कार्यक्रम रोशन प्रधानले सञ्चालन गरेका थिए।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या