Traffic flowing again on the 7-mile bypass road previously blocked by landslide

पैह्रोले अवरुद्ध बनेको 7 माइल बाइपास सड़कमा यातायात सुचारु

Share this news

कम्पोजः यौवन मोथे

कालेबुङ, 30 मई (निसं)ः गएरातिको अविरल वर्षाले 33 नम्बर समष्टि अन्तर्गत कालेबुङ 7 माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा उक्त सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ्। यो सड़क मंगबोल बस्ती र अरू पाँचभन्दा बढी गाउँहरूको जीवनरेखा मानिन्छ, जसले गर्दा पैह्रोले व्यापक असर पारेको छ।
स्थानीयवासीहरूका अनुसार रातको समयमा खसेको पैह्रोले सड़कका दुबै दिशामा सवारी साधनहरू अड्किएका थिए्। पैह्रोका कारण स्थानीय बासिन्दाहरू दैनिक ओहोरदोहोर, आपतकालीन सेवाहरू र व्यापारमा ठूलो असुविधामा परेका थिए।
घटनापछि शुक्रबार बिहानैदेखि स्थानीय प्रशासनले तत्काल सरसफाइको काम शुरू गर्‍यो। क्षेत्रीय कार्यकारी सभासद् सिनोरा नाम्चु र कालेबुङ पञ्चायत प्रधान तसुथिङ लेप्चाको नेतृत्वमा जेसीबी मेसिनमार्फत पैह्रो हटाउने कार्य गरिएको थियो। तिव्र प्रयासपश्चात् शुक्रबार दिउँसोबाट पुनः यातायात सञ्चालनमा आएको छ।
पत्रकारहरूसँगको कुराकानीमा सभासद् नाम्चुले भनिन्, गएरातिको झरीले 7 माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा स्थानीयवासीहरूलाई अप्ठ्यारो भयो। हामीले तत्काल आवश्यक मेसिनको व्यवस्था गरेर बिहानैदेखि सरसफाइको काम शुरू गरेका थियौँ, अहिले सड़क सुचारू भइसकेको छ।
सभासद् नाम्चुले मनसुन शुरू हुन लागेको उल्लेख गर्दै आगामी दिनमा सम्भावित विपद्हरूका लागि आफू पूर्ण रूपमा तयार रहेको बताइन्। साथै, उनले समष्टिवासीलाई सतर्क रहन र आपतकालीन अवस्थामा प्रशासनसँग सहकार्य गर्न आग्रह गरिन्।
स्थानीय बासिन्दाहरूले नेतृत्व र तिव्र पहलको प्रशंसा गर्दै सडक खोलिएकोमा राहतको महसुस गरेका छन्। वर्षा यामसँगै जोखिम बढ्ने भएकाले प्रशासनले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान