भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

Share this news

तीनधारे, 29 जून (निसं)ःभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा खरसाङको गिद्ध पहाड़स्थित जीटीएको सचिवालयमा सम्पन्न भएको छ। भागोप्रमो तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइलीको कार्यालयमा सम्पन्न सभाको अध्यक्षता भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्‍वकर्मले सञ्चालन गरेका थिए। सभामा युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान एवं भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति रञ्जित थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सचिव बिक्की पाख्रिन, पञ्चायत सदस्या बिनिता रसाईली, पञ्चायत समिति सदस्यहरु क्रमैले कुसाङ लामा, दावा वाङ्दी लामा, कुसुम तामाङ, सरिता मुखिया आदिले सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा वक्तव्य राखेका थिए। सभालाई तीनधारे महानदी समष्टिको पर्यवेक्षक एंव सभासद प्रमाण रसाईलीले पनि वक्तव्य राखेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत समष्टिको अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। सभामा आगामी दिनमा पार्टीको ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा आयोजना गरिने साथै बुथ स्तरीय सांगठनिक सभाहरु पनि आयोजना गरिने भएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान