बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

Share this news

खरसाङ 28 जुन (निसं): बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रको डाक्टरलाई स्थान्तरण गरिएको विषयलाई लिएर स्थानीयहरुले असन्तोष प्रकट गर्दै विरोध जनाएका छन्। खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रमा विगत 2 वर्षदेखि कार्यरत् डाक्टर मेहताभ आलमलाई घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि स्थान्तरण गरिदिएको भन्दै उक्त स्थान्तरणको स्थानीयहरुले विरोध जनाएका छन्। दागोपाप समयमा नै निर्माण गरिएको यस बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रमा विगत 2 वर्षदेखि कार्यरत् एकजना डाक्टरलाई तीनधारे महानदी समष्टिको घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थान्तरण गरिदिएकोमा स्थानीयहरुले यसको विरोध जनाउँदै बागौड़ा स्वास्तिक समाजको तर्फबाट सामुहिक हस्ताक्षरको साथमा क्षेत्रीय सभासद नुरी शेर्पा, खरसाङ खण्ड स्वास्थ्य केन्द्र सुकनामा ज्ञापन दिइएको जानकारी प्राप्त भएको छ। बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रले 20 देखि 25 गाउँलाई स्वस्थ्य सेवा प्रदान गर्ने गरेको छ र ती गाउँहरुका लागि बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर हुन नितान्त आवश्यक रहेको बताउँदै यहाँबाट डाक्टरलाई स्थान्तरण गर्न अघि नयाँ डाक्टर आउनु पर्ने नत्र यहाँको डाक्टरलाई स्थान्तरण गर्न नहुने भनी स्थानीयहरुले बताएका छन्। यस बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत अप्पर, मध्य र लोवर मामरिङ, अप्पर र लोवर तुरुक, एम वान ब्लक, कोइला गोदाम, पोखरी टार, चिमनी, देवराली, दिलराम, सिंगेल, बागौड़ा लगायत 20 देखि 25 वटा गाउँहरु पर्ने र यी सबै गाउँहरु यसै बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहेका छन्। तर यस प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका एकजना डाक्टरलाई पनि कसैले चाल नपाई घैयाबारी अस्पतालमा लगिएकोमा स्थानीयहरुले विरोध जनाउँदै स्थानीय बागौड़ा स्वास्तिक समाजको तर्फबाट डाक्टरको स्थान्तरण रोकिदिने नत्र नयाँ डाक्टर आएर मात्र स्थान्तरण गरिदिने मांग गर्दै सामुहिक हस्ताक्षरको साथमा क्षेत्रीय सभासद नुरी शेर्पा र खरसाङ खण्ड स्वास्थ्य अधिकारी सुकनालाई ज्ञापन पत्र बुझाएका छन्। यहाँको डाक्टर सप्ताहमा तीन-तीन दिन गरेर दुवैतिर आईरहेको कारणले बागौड़ा क्षेत्रका समाजका प्रतिनिधिहरु र गाउँलेहरूले यहाँ डाक्टर आपतकालीन अवस्थामा सदैव उपस्थित हुन पर्ने मांग गरेका छन्। यहाँको डाक्टर स्थान्तरण गरिएको विषयमा विरोध जनाउँदै बागौड़ा स्वास्तिक समाजका सभापति कुमार गुरुङ, सचिव प्रताप थापा लगायत समाजका पदाधिकारीहरु र स्थानीयहरु भेला भएर विरोध जनाएका छन्। स्थानीयहरुले बताए अनुसार विगत दुई वर्षदेखि रहेको डाक्टर हालैमा आफ्नै खर्चमा स्थानीयहरुको सहयोगमा क्वाटर मरमत्ति गरेर सर्न लागेका थिए तर यतिबेला नै डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरुले यो कुरालाई विरोध जनाएका छन्। बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर स्थान्तरण गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बागौड़ा स्वास्तिक समाजका सचिव प्रताप थापा, समाजका सदस्य एंव पूर्व शिक्षक अशोक लामा, जोइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीका सभापति ग्याल्जे शेर्पा, स्थानीय मिङमा तामाङ र रञ्जित तामाङ साथै स्थानीय महिलाहरुले विस्तृत रुपमा जानकारी गराएका छन्। सबैले शनिवार बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रमा भेला भएर डाक्टर स्थान्तरण गरिएको विषयमा विरोध जनाउँदै बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रमा नै डाक्टर सदैव हुनु पर्ने माग गरेका छन्। सबैले पत्रकारहरुलाई सम्बोधन गर्दै हाम्रोमा भएको डाक्टरलाई चाल नपाई यसरी अर्को ठाउँमा स्थान्तरण गरिदिएकोले हामी स्थानीय समाजलाई हेपेको जस्तो भएको र स्थानीय जनसाधारणलाई वेवास्ता गरिएको महसुस भएको बताएका छन्। उनीहरुले यस विषयमा बोल्दै भने, डाक्टर स्थान्तरण गर्न राजनैतिक दवाब भएको छ भने, हामी मान्दैनौँ अनि हामीले उही डाक्टर चाहिन्छ भनी मांग गर्दछौँ। डाक्टर मेहताभ आलम स्थानीयहरुसित राम्रो रहेका थिए। स्थानीयहरुलाई आवश्यक परेको बेला घरमै पुगेर उपचार गरिदिन्थे। त्यसर्थ डाक्टर सप्ताहमा तीन दिन होइन तर सदैव यहाँ चाहिन्छ। डाक्टर नभएको बेला केही आपतकालीन अवस्था भएको खण्डमा को जिम्मेवारी हुने? हामीलाई डाक्टर चाहिन्छ।यसको लागि जीटीएको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पा, प्रभारी सभासद एंव डेपुटी चेयरम्यान राजेस चौहान साथै जीटीए प्रमुख अनित थापा समक्ष पनि पुगेर ज्ञापन पत्र बुझाउनेछौँ। किनभने यहाँ डाक्टर रहेको बेला कसैलाई नसोधी स्थान्तरण गरिएको छ जुन हामीलाई एकदमै अन्याय भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ