“आह्लादित”को लोकार्पण

Share this news

 

(प्रतिवेदन)
*हन्नाह छेत्रीको टुक्का कवितासङ्ग्रह ‘आह्लादित’-को लोकार्पण भव्यरूपमा सम्पन्न*
– देविका मंग्राती राई, खरसाङ।

विश्व नेपाली साहित्य महासंघ भारत शाखाद्वारा आयोजित, श्रीमती हन्नाह छेत्रीकृत टुक्का कवितासङ्ग्रह ‘आह्लादित’ विनेसाम अध्यक्ष राहुल राई ‘बोगिको’-को अध्यक्षता अनि डा. साङमु लेप्चाको प्रमुख आतिथ्यमा सभ्य र भव्य प्रकारले लोकार्पण भयो। मैनबत्ती प्रज्ज्वलन र ईसाई भजनपश्चात् कार्यक्रम शुरू भयो। २२ जून २०२५ सिलगढ़ी देवकोटा संघको प्रेक्षागृहमा आयोजित लोकार्पण कार्यक्रममा विशेष अतिथिद्वयमा टुक्का कविता प्रवर्तक तथा दार्जीलिङ टुक्का अभ्यास कक्षाका प्रशिक्षक काठमाण्डौंबाट श्री तारा प्रसाद चापागाईं साथै भद्रपुर झापा, कञ्चनजंगा एफएमका डाईरेक्टर श्री चन्द्र भण्डारी हुनुहुन्थ्यो। विशिष्ट अतिथिगणमा श्री मिलन रूचाल, सल्लाहकारद्वय प्रा. नविन पौड्याल अनि ग्याल्पो लामा, डा. सुकराज दियाली, डा. तेजमान बराईली, जीत बहादुर सोनार, कृष्ण प्रधान ‘अर्पण’, सीतादेवी छेत्री (मणिपुर), सतीश रसाइली, लतिका जोशी, सुश्री सहारा रसाईली, प्रेम कुमार राई, सुधीर घले, डा. कृष्णराज घतानी, गणेश प्रधान आदि हुनुहुन्थ्यो। कार्यक्रममा विनेसाम, भारत शाखाद्वारा तीन व्यक्तित्वहरूलाई सम्मानित गरियो। तीमध्ये टुक्का प्रवर्तक (१) ताराप्रसाद चापागाईँ , नेपाली साहित्य परिषद, मणिपुरकी अध्यक्ष सीतादेवी छेत्री अनि हालै नेपाली साहित्य अकादेमी नयाँ दिल्लीबाट ‘बाल साहित्य पुरस्कार २०२५’- को निम्ति चयन हुनुभएकी डा. साङमु लेप्चा।
कार्यक्रममा स्वागत मन्तव्य गीताश्री शर्माले राख्नुभएको थियो भने महासचिव मोहन गौतमले विनेसामको विस्तृत जानकारी दिनुभयो। स्रष्टा हन्नाह छेत्रीको जीवनी पठन सांगठनिक सचिव विजय मुखियाले गरे। सम्मानित तीन व्यक्तित्वहरूका सम्मानपत्र पठन क्रमैले विनोद खाती, सरस्वती शर्मा छेत्री अनि प्रदिप रसाइलीले गरेका थिए। ‘आह्लादित’ टुक्का कविता संग्रहमा ४०० वटा टुक्का कविताहरू रहेका छन्। सहारा रसाईलीद्वारा प्रकाशित तथा प्रपुलर प्रेसद्वारा मुद्रित छेत्रीको यो प्रथम कृति हो। भारत-नेपाल गरेर आजसम्म २१ वटा टुक्का कविता संग्रहहरू प्रकाशित भएकोमा भारतबाट टुक्काकार हन्नाह छेत्री तेस्रो टुक्काकारमा परेकी छिन्। टुक्का प्रवर्तक चापागाईँज्यूले पुस्तकमा भूमिका र विश्लेषणसँगै कार्यक्रममा कृतिमाथि समीक्षा अनि टुक्का कविताबारे विस्तृत जानकारी दिनुभयो।
विशेष अतिथि टुक्का प्रवर्तक र हन्नाहका गुरू ताराप्रसाद चापागाईँले भन्नुभयो – नेपाली साहित्यका विविध विधाहरूमा सदैव प्रयोगवाद देखिन्छ। पुराना ढाँचालाई नयाँ संरचना, शैली, विषयवस्तु र दृष्टिकोणको खोजीमा लाग्नुनै प्रयोगवाद हो। परिवर्तन चाहिन्छ लेखनशैलीमा नेपाली साहित्यमा पनि प्रयोगवादी चेतनाको आगमनले विशेष प्रभाव पारेको छ। भवानी भिक्षु, इन्द्रबहादुर राई, बी.पी. कोइराला जस्ता दिग्गज साहित्यकारहरूले लेखनमा नयाँ प्रयोग गरेका छन्। यो प्रयोगवादले चुनौती र परिवर्तनको माध्यम पनि बनाउँने गर्छ। लय, तुक, अक्षर सङ्ख्या र भाव संरचनासंग बाँधिएको काव्य छोटोमा गहिरो कुरा भन्ने दृष्टिकोणलाई मूर्त रूप दिने विधा हो। संक्षिप्तमा सुन्दर, गहन भाव प्रकट गर्नु नै टुक्का हो। कम्ति शब्दहरूले धेरै बुझाउनु नै टुक्काको विशेषता हो भन्नुभयो। टुक्काको दुई हरफमा अक्षर संख्या बराबर हुनपर्छ। कम्तिमा ५ बेसिमा २७ अक्षरसम्म राख्न सकिन्छ। पहिलो हरफमा उठान र विस्तार अनि दोस्रोमा समर्थनसँगै समाधान साथै मूलभावको उत्कृर्षमा पुगेको हुनपर्छ र यी नियमहरू हेर्दा बुझ्दा ‘आह्लादित’ मा हन्नाह छेत्रीले भाँति पुऱ्याएर, नियम पालन गरेर टुक्काहरू लेखेकी छिन्। प्रायः सबैका भावहरू गहन छन्। छन्दमा धेरै टुक्काहरू लेखेकी छिन्। उनको भविष्य उज्यालो छ भन्नुभयो श्री चापागाईँले।
श्री चन्द्र भण्डारी प्रमुख वक्ताले भारत-नेपालको गहिरो सम्बन्ध छ। नङमासु हो। भारतलाई पोल्दा नेपाल तड़्पिन्छ भन्नुभयो। स्रष्टा हन्नाह छेत्रीको प्रयास, जीवनका संघर्ष, लगनशीलता, साहित्यिक देन खुलेर प्रंशसा गर्नुभयो साथै श्याबासी दिनुभयो। टुक्का कविताले मनका गहिरा भावहरू, धेरै अनुमतिहरूलाई थोरैमा व्यक्त गर्न सक्ने विधा हो। हाम्रा युवा सर्जकहरूले यसरीनै कलम चलाउन पर्छ। भाषा साहित्यले एउटा जातिलाई जिउँदो राख्ने आवश्यक काम गरेको हुन्छ। भारतमा धेरै युवाहरू कलम चलाइरहेका छन्, यो शुभ सङ्केत हो भन्नुभयो।
कार्यक्रममा आयुष्णा अनि अनुष्का प्रधानका सुन्दर नृत्य प्रस्तुति थियो भने अनिल गुरूङ अनि सुधीर घले द्वयले आ-आफ्नो सुन्दर गीत प्रस्तुत गरेका थिए। प्रेम नेउपाने प्रहर, प्रेम नर्बु शेर्पा ‘ज्योति’, राजेश राई, अर्चना शर्मा, बिबा तामाङ, रमा गुरूङ अनि कविता भट्टराई आदिले कविता अनि टुक्का वाचन गरे। सिलगढ़ी देवकोटा संघका अध्यक्ष श्री मिलन रूचालले कृतिकारलाई प्रशंसा गर्दै आध्यात्मिक महत्वपूर्ण ज्ञानमूलक कुराहरू राख्नुभयो।
सर्जक हन्नाह छेत्रीले कृतज्ञता व्यक्त गर्दै सबै साथ सहयोग दिनेहरूमा विनेसाम, सिलगढ़ी गोर्खे हाटका सदस्यहरू, सिलगढ़ी देवकोटा संघका अध्यक्ष अनि सदस्यहरू परिवार, इष्टमित्र, गाउँघर, साहित्य मित्रहरू, अग्रज अनुज सबैलाई कृतज्ञता व्यक्त गरिन्। आफू धेरै संघ संस्थाहरूसँग सम्बन्धित रहेकोले सबैको उपस्थिति, माया र सहयोगको निम्ति आभार व्यक्त गरिन्। छोरी सुश्री सहारा रसाईलीले प्रकाशनको भार लिइदिएकीमा खुशी व्यक्त गर्दै आशीर्वाद दिईन। साहित्यिक कार्यक्रमहरूतिर आफ्नो उपस्थिति दिनुपर्दा छोरी अनि छोरा सिद्धान्त रसाइलीको पूर्ण साथ, सहयोग र प्रेरणा पाएकीलेनै मैले लेख्न सकेको हूँ। कृति जन्माउन कठिन रहेछ भन्ने भावनात्मक कुराहरूले दर्शकश्रोताहरूको मन जितिन्। उनी म्यासेन्जरमा चलिरहेको दार्जीलिङ टुक्का अभ्यास कक्षाको संयोजिका पदमा रहेर सिकाउँदै सिक्दै अघि बढ़िसकेको कुरा राखिन्। आफू सानोमा अशक्त भएर, संघर्ष गर्दै ‘आह्लादित’ साहित्य समाजलाई अर्पण गर्न पाउँदा खुशी व्यक्त गरिन्। आफ्ना आमाबाबालाई धन्यवाद व्यक्त गरिन्। आजको यो दिन साकार बनाउन आशीर्वाद प्रदान गरेकोमा। छोरा-छोरीद्वयलाई पढ़ाइ, हुर्काइ सक्षम बनाएकोमा खुशी व्यक्त गरिन्। धेरै सङ्घ-संस्थाहरूद्वारा सम्मानित हन्नाह छेत्रीले सबैलाई कृतज्ञता व्यक्त गरिन्।
कवि तथा समालोचक देविका मंग्राती राई अनि कवि विनोद खातीद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि डा. साङमु लेप्चाले गहन वक्तव्य राख्नुभयो र आभार व्यक्त गर्नुभयो। धन्यवाद ज्ञापन विनेसामका उपाध्यक्ष पेम नर्बु शेर्पा ‘ज्योति’-ले राखेका थिए। नेपाल, सिक्किम, डुवर्स, सामसिङ, मिरिक, दार्जीलिङ, खरसाङ र सिलगढ़ी वरिपरि क्षेत्रमा, विभिन्न स्थानहरूबाट साहित्यिक मनहरू, संघ संस्थाहरू, विज्ञजनहरू हन्नाह छेत्रीलाई बधाई दिन अनि कृति लोकार्पणको साक्षी बन्न उपस्थित थिए। अध्यक्षीय सम्भाषणमा राहुल राई ‘बोगिको’-ले सर्जकलाई धेरै बधाई दिँदै टुक्का कवितालाई अघि बढ़ाउनुपर्छ, स्रष्टाको लगनशीलता, प्रकाशिका छोरी सहारालाई आशीर्वाद दिँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। प्रचार प्रसार सचिव हन्नाह छेत्रीको ‘आह्लादित’ टुक्का कवितासङ्ग्रहले नेपाली साहित्य जगतमा कविको रूपमा नाम दर्ता भइसकेको छ भन्दै कलम निरन्तर चलिरहोस् भनी शुभेच्छा दिए।।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ