गोरामुमो बाउखोला भिलेज कमिटी चिफमा काजी राई चयन

Share this news

रसाङ, 28 जून (निसं)गोरामुमो मङ्पु लाठपपञ्चार समष्टि अन्तर्गत सिटोङ २ बाउखोलामा काजी राईको अध्यक्षतामा पार्टीको एक सांङ्ठनिक सभा सम्पन्न भयो । सभामा गोरामुमो अध्यक्ष मन घिसिङको निर्देश अनुसार भिलेज कमिटी गठन गर्नु पर्ने विषयमा चर्चा गरियो ।समष्टि अध्यक्ष केबी गुरुङले सभालाई जानकारी गराउँदै भने, २००५ मा भारत सरकार, राज्य सरकार अनि गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङ माझ त्रिपक्षीय सम्झौता भएपछि भारतमा बस्ने गोर्खाहरू र गोर्खा भूमिलाई संवैधानिक छटौँ अनुसूची अन्तर्गत ल्याउनको निम्ति एउटा ब्यवस्थामा हस्ताक्षर भएको थियो । तर कतिपय कारणहरुले गर्दा छैटौँ अनुसूची लागू हुन नसेकेपछि आजसम्म पनि गोर्खाहरूको निम्ति छैटौँ अनुसूची लागू हुन सकेको छैन । तथापि आज आएर छैटौँ अनुसूची जस्तो ब्यवस्था लागू गराउनको निम्ति प्रत्येक क्षेत्रमा भिलेज कमिटी गठन गर्नु पर्ने आवश्यकता रहेको छ। सभामा व्यापक फलपछि बाउखोला भिलेज कमिटी गठन गर्ने प्रस्ताव पारित गरियो। पार्टीका मिडिया प्रभारी दिनेस साम्पाङले जानकारी दिए अनुसार सभामा सर्वसम्मतिले काजी राईलाई भिलेज चिफ चयन गरियो । यसैगरी उपभिलेज चिफ निमा तामाङ, कोषाध्यक्ष विकास राई, स्टोर किपर केएल राई, अडिटर पाण्डु राई, प्रमुख सल्लाहकारहरू रतन प्रधान अनि सन्तवीरलाई चयन गरिएका। भिलेज कमिटीमा 15 जना प्रमुख कार्यकारिणीहरू सदस्यहररू पनि चयन एका छन् । नवगठित भिलेज कमिटी अनि यसका प्रतिनिधिर्गलाईसमष्टिका नेतृत्वर्गद्वारा खदा लगाएर बधाई अनि शुभकामना दिइयो भने पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर संगठनको विस्तार कार्यलाईघि ढ़ाउने दिशा निर्देश पनि सभामा जारी गरियो । समष्टि अध्यक्ष केबी गुरुङले थप जानकारी गराए अनुसार अब समष्टिमा तीब्र गतिमा भिलेज कमिटी गठन गर्ने साथै सांङ्ठनिक विस्तारलाई पनि अघि ड़ाइने 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान