सन्त मेरिज निवासी दम्पतिको 64 औँ वैवाहिक जीवनको वर्षगाँठ कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 27 जून (निसं):अ खरसाङको सन्त मेरिज निवासी क्लेडियस योञ्जन र ईजाबेल योञ्जनले आफ्नो वैवाहिक जीवनको 64 औँ बसन्त पार गरेको अवसरमा दुवैको परिवारद्वारा 64 औँ वैवाहिक जीवनको वर्षागाँठ कार्यक्रम आयोजना गरिएको थियो। प्रथममा सन्त जोहन वर्चम्यान्स चर्चका रेभरेन्ट फादर एनड्र्यु लामा र ए सिलास लेप्चाद्वारा प्रार्थना गरियो। प्रभु येशु समक्ष दम्पत्तिको जीवनको सुखद भविष्य साथै सुस्वास्थ्य र दीर्घायुको लागि कामना गर्दै प्रार्थना दुवै धर्मगुरुद्वारा प्रार्थना गरियो। दुवैजना खरसाङको गोथल्स मेमोरियल स्कूलका शिक्षक-शिक्षिका हुन्। दुवैले तीन दशकभन्दा अधिक स्कूलमा काम गरेका थिए। दुवैको विवाह 27 जून 1962 को दिन सम्पन्न भएको थियो। दुवैको चारजना छोरीहरु र एकजना छोरा रहेका छन्। एकजना छोरा खरसाङको सन्त अल्फन्सेस विद्यालयका पूर्व शिक्षक रहेको जानकारी प्राप्त भएको छ। यस अवसरमा दम्पत्तिलाई उपस्थित सबैले बधाई तथा शुभकामना व्यक्त गर्दै उपहारहरु प्रदान गरेका थिए। यस अवसरमा दुवैले 64 वर्ष कत्ति छिट्टो बितेको थाहा नभएको बताएका छन्। त्यसरी नै यति लामो समयसम्म दुवै एकसाथ रहेकोमा ईश्‍वरलाई धन्यवाद दिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ