हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु र सिटोङ लाटपञ्जार क्षेत्र समितिद्वारा धन्यवाद प्रकट

Share this news

सोनादा, 27 जून (निस):अ जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक-शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरिएको छ। हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु क्षेत्र समितिका सभापति राजेन थापा, सिटोङ लाटपञ्जार युनिटको सचिव आशिष राई, सिटोङ लाटपञ्जार युनिटको उप सभापति अखिल राई, सिटोङ लाटपञ्जार समष्टिको प्राथमिक शिक्षक संगठनका सचिव अमर चामलिङ आदिले पत्रकार सम्मेलन बोलाएर शिक्षक शिक्षिकाहरुका लागि जीटीएको शिक्षा विभागले वर्तमान समयमा ई पेन्शन र ई पीएफ शुरु गरेकोमा जीटीए प्रमुख अनित थापा र प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पु क्षेत्र समिति सभापति राजेन थापाले पेन्शन र पीएफको लागि पूर्व शिक्षक शिक्षिकाहरुले धेरै दुःख भोग्नु परिरहेको थियो। तर जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले शिक्षक शिक्षिकाहरुको सुविधाको लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएको कारणले धेरै सुविधा भएको बताएका छन्। उनले शिक्षक शिक्षिकाहरुले पीएफको हर हिसाब खोज्नु परेमा एसआई अविनाश तामाङ र पेन्शन विषयमा जानकारी चाहिएमा प्रदीप सुब्बासहित सम्पर्क गर्न सकिने पनि जानकारी गराएका छन्। उनले ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। उनले प्राथमिक शिक्षा विभागको बोर्ड चेयरम्यान तिलकचनन्द्र रोका, शिक्षा विभागको कार्यकारी निर्देशक, सम्पूर्ण एसआईहरु, बडाबाबु, सम्पूर्ण कर्मचारीहरु साथै हिल तराई प्राथमिक शिक्षक संगठनको सम्पूर्ण पदाधिकारीहरुप्रति आभार प्रकट गरेका छन्। यस विषयमा सिटोङ लाटपञ्जार समष्टिको प्राथमिक शिक्षक संगठनको सचिव अमर चामलिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ