Siliguri Devota Sangh
Siliguri Devota Sangh

सिलगढ़ी देवकोटा संघको ‘समय संवाद’ कार्यक्रम सम्पन्न

Share this news

सिलगढ़ी देवकोटा संघको साहित्य विभागद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार आयोजन हुने ‘समय संवाद’ कार्यक्रम २१ जून २०२५ शनिवारको दिन संघकै प्रेक्षागृहमा अध्यक्ष मिलन रूचालको अध्यक्षतामा सम्पन्न भयो। ऊँकारदेखि शुरूवात गर्दै साहित्य संयोजिका देविका मंग्राती राईले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

संघका सदस्यहरू मात्र नभई यो कार्यक्रममा नेपालको काठमाड़ौंबाट टुक्का कविता प्रवर्तक श्री तारा प्रसाद चापागाईँ साथै विश्व नेपाली साहित्य महासंघ, भारत शाखाका अध्यक्ष राहुल राई ‘बोगिको’, महासचिव मोहन गौतम, उपाध्यक्ष पेम नर्बु शेर्पा ‘ज्योति’ (सिक्किम), उपाध्यक्ष विनोद खाती (मिरिक), सचिव गीताश्री शर्मा (सिक्किम), सूचना सचिवद्वय हन्नाह छेत्री (सिलगढ़ी) अनि प्रेम न्यौपाने प्रहर सिक्किम, मणिपुरबाट उपाध्यक्ष सीता देवी छेत्री उपस्थित थिए। विनेसाम सदस्य लाभ कुमार भूजेल, पास्टर लुकास राई, पी. सिमा मणिपुर बाहिरबाट प्रथम पल्ट उपस्थित थिए। संघका प्रा. डा. कृष्णराज घतानी, कवि सतिश रसाइली, लिला जोशी, गणेश प्रधान, मेघनाथ छेत्री सबैले कविता, मुक्तक, गजल प्रस्तुत गरे। ताराप्रसाद चापागाईँले उपस्थित सबैलाई आफ्ना पुस्तकहरू भेंट गरे। प्रा. मेघनाथ छेत्रीले पनि आफ्ना तीन-तीन वटा कृतिहरू बाहिरबाट आउनुभएका सबै स्रष्टाहरूलाई भेंट गरे।

यो ‘समय संवाद’ संघमात्र नभई अन्तर्राष्ट्रीय नारी सहयोजिका रोहिता छेत्री, संगीत संयोजिक श्यामकुमार प्रधान, मिरा गजमेर, राधाप्रधान चमा आदिको गरिमामय उपस्थितिले सुन्दर साहित्यिक वातावरण सृष्टि भएको थियो। साहित्यको भूगोल हुँदैन, भारतका विभिन्न राज्यहरूबाट साथै मित्र राष्ट्र देश नेपालबाट गरिमामय उपस्थितिमा सबैले प्रसन्नता व्यक्त गरे। साहित्यिक माहौल सृजना ‘समय संवाद’-को अन्तमा प्रा. डा. कृष्णराज घतानीले नेपाली साहित्यका विधाहरूमा कविताको स्थान, लेखन विधि, कविताको स्थान अन्य विषयमाथि सारगर्भित मन्तव्य राख्नुभएपछि अध्यक्ष मिलन रूचालले एउटा मीठो कविता वाचन अनि ज्ञानवर्धक कथा अनि आफ्ना सुविचारहरू व्यक्त गर्नुभयो अनि उपस्थित सबैलाई आभार व्यक्त गर्दै कार्यक्रम समाप्तिको घोषणा गर्नुभयो।

– देविका मंग्राती राई

साहित्य संयोजिका

सिलगढ़ी देवकोटा संघ

Siliguri Devota Sangh

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ