उडल्याण्ड एकाडमी हाइस्कूल मिरिकमा प्रतिभा केन्द्र उद्धघाटन शुक्रबार गरियो। उक्त केन्द्रमा नृत्य, चित्रकला, कराते प्रशिक्षण प्रदान गरिनेछ। जसमा मिरिक क्षेत्रका कसैले पनि प्रशिक्षण लिन सक्नेछन्। उक्त केन्द्रको विधिवत उद्धघाटन मिरिक पारिजात संघका अध्यक्ष श्रीमती पुनम विश्वले गरिन्। उद्धघाटनको अवसरमा उडल्याण्ड हाइस्कूलमा अध्ययनरत विद्यार्थीहरूका आमा अनि गैर सरकारी संस्थाका महिलाहरूलाई आत्मा सुरक्षाको लागि प्रशिक्षण पनि प्रदान गरियो। उक्त प्रशिक्षण प्रशिक्षक बिजनबारीका सेयन्सी संजय राईले प्रदान गरे।
