हरिभक्त कटुवाल राष्ट्रिय प्रतिष्ठानले आगामी 2 जुलाई आइतबार भारतीय नेपाली साहित्यका निर्माता र बहुप्रतिभाशाली व्यक्तित्व हरिभक्त कटुवालको 91औं जयन्ती पालन गर्ने भएको छ। यस सन्दर्भमा आगामी 29 जून 2025 आइतबार दिउँसो साडे तीन बजे, प्रतिष्ठानका संरक्षक गोविन्द कटुवालको निवास, खप्रेल बजार, सिलगढीमा सभाको आयोजन गरिएको छ। उक्त सभामा प्रतिष्ठानका सम्पूर्ण सदस्यहरू अनि अरू शुभचिन्तकहरूलाई उपस्थितिको लागि प्रतिष्ठानका सचिव कृष्ण गुरूङले अनुरोध गरेका छन्। अधिक जानकारीको लागि 8906463188 अथवा 9126809722 मा सम्पर्क गर्ने अनुरोध पनि गरिएको छ।