असार महिनासँगै देशभरि मनसुन सक्रिय बनेको छ । किसानहरू धान रोपाइँमा व्यस्त रहेका बेला निरन्तर वर्षाले तराईदेखि पहाडसम्मका सडकहरू अवरुद्ध बनाइरहेका छन् । विशेष गरी पूर्वी नेपालका इलाकामा पहिरोका घटनाहरू बढ्दै गएका छन्, जसले जनजीवनमा असर पु¥याएको छ । यातायात प्रभावित भएको छ भने कतिपय स्थानमा बिद्यालयसमेत बन्द गर्नुपरेको छ । खेतीपातीका हिसाबले यो समय सकारात्मक मानिए पनि प्रकोप व्यवस्थापनमा सरकारको तयारीप्रति स्थानीयवासी असन्तुष्ट देखिएका छन् ।