अविरल वर्षाको कारण जन-जीवन अस्त-व्यस्त पंखाबारी रोडमा सामान्य पहिरो

Share this news

खरसाङ 24 जून (मोहन प्रसाद):अ सोमवार बेलुकीदेखि लगातार रूपमा परिरहेको भारी वर्षाको कारण खरसाङ समेत दार्जीलिङ पहाड़को विभिन्न स्थानहरूमा जन-जीवन अस्त-व्यस्त भएको छ भने पहाड़को कतिपय ठाउँमा सामान्य ढिस्काना झरेको वा सामान्य पहिरो गएको खबर पनि रहेको छ। यस अवधि खरसाङ महकुमा अन्तर्गत लङ्भ्यू चिया बगान क्षेत्रको चिलाउने धुरा नजिक थलिपाखाको पंखाबारी रोडमा एउटा सानो पहिरो गएको छ। अविरल वर्षाले सड़कमाथिको जमिन धस्किएर सड़मा आएको थियो । फलस्वरुप, उक्त पहिरोको हिलो वा माटोको थुप्रोले आधा बाटो ढाकिदिएको थियो, जसले गर्दा उक्त ठाउँमा आज दिन भरिनै वान-वे अर्थात् एक तर्फ यातायात वा वाहनको चलाचल रह्यो। यस बाहेक मंगलवार बिहान भएको भारी वर्षको कारण विद्यालय जाने बाल-बालिका, विद्यार्थीहरू साथै अन्य सबै वर्गका मानिसहरूले धेरै असुविधा भोग्नु परेको थियो। लगातार रूपमा भइरहेको वर्षाले जनमानसले धेरै असुविधा भोग्नु परेको थियो । सधैंको तुलनामा मगंलवार खरसाङ बजार क्षेत्रमा मानिसहरूको धेरै कम आउ-जाउ थियो । यद्यपि, हिजदेखि भारी वर्षा भए पनि कसैको ज्यान-माल वा कुनै ठूलो पहिरोको घटनाको खबर अहिलेसम्म प्राप्त भएको छैन। खरसाङ ट्राफिक पुलिस प्रभारी वीरेन्द्र छेत्रीले जनाए अनुसार, हिज रातिदेखि भारी वर्षा भए पनि खरसाङ क्षेत्रमा सबै मार्गहरू सुचारू रूपमा चलिरहेको छ। यद्यपि लङ्भ्यू चिया बगान नजिक चिलाउने धुर नजिक थलिपाखामा पंखाबारी रोडमा मंगलवार बिहानी एउटा पहिरो गएको थियो, जसमा सड़कको केही भागमा माटो ढुंगा-माटो थुप्रिएकोले सड़कको त्यस स्थानमा वान वे अन्तर्गत ट्राफिकको आउ जाउ रह्यो । यसको जानकारी ट्राफिक पुलिसद्वारा सम्बन्धितहरूलाई गराएपछि, खरसाङ महकुमा शासक साथै खरसाङ खण्ड विभागका सम्बन्धित अधिकारीहरू निरीक्षण गर्न घटना स्थलमा पुगे। सड़क छेउ थुप्रिएको उक्त पहिरोको माटोलाई हटाउने अनि सफा गर्ने कार्य पनि गरियो। अविरल वर्षाको समयमा सधैँ सुकेको खोला बनिसकेको धोबी खोलामा पनि ठूलो मूस्लो पानी बगेको थियो। सोही अनुरूप, दिउँसोदेखि पंखाबारी मार्गमा पूर्णरूपमा यातायात बहाली भयो । ज्ञात रहोस् पंखाबारी रोडको यस स्थान थलिपाखा अनि सातघुम्तीमा प्रत्येक वर्ष वर्षाकालमा पहिरो जाने गर्छ। यी स्थानहरूमा गएको पहिरोले यस रोडमा यातायत बाधित हुने गर्छ। यो रोडमा पहिरो गएको समय यातायत सुचारु गराउनको निम्ति हालैमा निर्माण गरिएको मकैबारी चिया बगानको कोदोबारीबाट सातघुम्ती बस्ती, दुर्वीन डाँड़ा, बरबोटे हुँदै केराबारीको साई मन्दिरमा निस्कने रोडलाई वैकल्पिक मार्गको रुपमा तयार राख्न आवश्यक रहेको धेरै मानिसहरूको सुझाउ अनि माग छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न