NH-10 blocked by landslides and damage
NH-10 blocked by landslides and damage

एनएच -1 0 पहिरो र क्षतिले अवरूद्ध

Share this news

जाम र विभिन्न समस्या पर्यटक अनि यात्रीहरू

लगातार परेको भारी वर्षाले राष्ट्रिय राजमार्ग–१० (एनएच-10) मा गम्भीर अवरोध सिर्जना गरेको छ। एनएच–१० क्षेत्रको आपूर्ति र आवागमनको मेरूदण्ड मानिन्छ। सिलगढी, कालेबुङ र सिक्किम जोड्ने यो महत्वपूर्ण मार्गमा एकसाथ पहिरो, सड़क ध्वस्त र ढुंगा खसेपछि सयौँ यात्रु घण्टौँसम्म अलपत्र परेका थिए।

एनएचआईडीसीएल (एनएचआईडीसीएल) का अनुसार, सड़कका पहिरोप्रवण क्षेत्रहरू – सेती झोरा, सेल्फी ड़ाँडा, बिरिक ड़ाँडा, लिखुभीर, मल्ली र भालु खोला – मा खास गरी झरीले क्षति पुगेको छ। कतै सड़क भासिएको छ भने कतै माथिबाट खसेको ढुंगा–माटोले सड़क पूरै बन्द भएको छ। भारी मेसिनरी परिचालन गरेर अवरोध हटाउने प्रयास भइरहेको भए तापनि लगातारको वर्षाले कार्यमा गम्भीर अवरोध भएको थियो।

कालेबुङ जिल्ला पुलिस अधिक्षक श्री हरि पाण्डेले प्रहरी टोलीहरू प्रभावित स्थानहरूमा खटिई ट्राफिक व्यवस्थापन गरिरहेको जानकारी दिएका छन्। उनले यात्रुहरूलाई योजना बनाएर यात्रा गर्न र अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्।

कालेबुङका जिलाधीश बालासुब्रमण्यम टीले यात्रुहरूलाई सचेत गराउँदै जनाएका छन्, “एनएच–१० को जोखिमयुक्त भागमा अत्यन्त सावधानीपूर्वक सवारी गर्न साथै वैकल्पिक मार्गहरू उपलब्ध भए प्रयोग गर्न अपिल गरेका छन्।

सड़क बन्दका कारण पर्यटक, विद्यार्थी, कामकाजी मानिसहरू लगायत धेरै यात्रु लामो समय सड़कमा अलपत्र परेका छन्। वैकल्पिक मार्गहरूको अभाव, अनि जटिल भौगोलिक बनावटका कारण यातायात व्यवस्थापनमा थप चुनौती आइरहेको छ।

एनएच–१० बाटै खाद्यान्न, इन्धन, औषधि, निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तुहरू सिक्किम र कालेबुङ पुर्‍याइन्छ। मनसुनको शुरू मै यस्तो छ भने आउँदो दिनहरूमा सड़कका धेरै खण्डहरू भत्किएकाले आपूर्ति श्रृङ्खलामा गम्भीर असर पर्ने देखिएको छ।

प्रशासनले सर्वसाधारण सतर्क रहेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ, यद्यपि, ती मार्गहरू पनि जोखिमयुक्त रहेका छन्। यस अवस्थाले क्षेत्रीय पूर्वाधार तथा विपद् व्यवस्थापन प्रणाली थप सुदृढ गर्नुपर्ने आवश्यकता झन् तीव्र बनाएको छ।

सड़क मर्मत तथा पहिरो हटाउने कार्य जारी छ, तर अनिश्चित मौसमले कामलाई प्रभावित बनाइरहेको छ। प्रशासनले अत्यावश्यक नपरेसम्म एनएच–१० प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

आजको रोजाइ