Hill TMC was held with the youth of 35 groups

35 नम्बर समष्टिका युवाहरूलाई लिएर हिल टीएमसीको बैठक सम्पन्न

Share this news

हिल टीएमसी दार्जीलिङ जिल्ला युवा अध्यक्ष सुमन गुरूङको नेतृत्वमा ३५ नम्बर समष्टिका युवाहरूलाई समेटेर एक महत्वपूर्ण बैठक सम्पन्न गरिएको छ। बैठकमा संगठन विस्तार, नेतृत्व हस्तान्तरण र युवा सहभागिता बृद्धिका विषयमा केन्द्रित छलफल गरिएको थियो।

बैठकमा विशेष जोड कालेबुङ क्षेत्रका प्रत्येक स्थानमा टीएमसी संगठनको सशक्त विस्तार गर्ने योजनामा दिइएको छ। यसका लागि नयाँ योजनाहरू, सांगठनिक सुदृढीकरण तथा युवा नेतृत्वको पहिचानलाई प्राथमिकता दिइएको थियो।

बैठकको क्रममा टाउन कमिटीको नयाँ नेतृत्वको घोषणा पनि गरियो। टीएमसी टाउन कमिटीको अध्यक्ष पदमा सेखर म्याकडोलन चयन भएका छन् भने टाउन कमिटी अन्तर्गत युवा अध्यक्षको जिम्मेवारी रवि छेत्रीलाई प्रदान गरिएको छ। नयाँ पदाधिकारीहरूले संगठन सुदृढीकरण तथा क्षेत्रीय समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

सुमन गुरूङले उपस्थित युवाहरूसँग संवाद गर्दै पार्टीको भावी रणनीति तथा युवाहरूको भूमिकाबारे स्पष्ट पथप्रशस्त गरे। बैठकमा पार्टीका अन्य युवा नेता, कार्यकर्ता तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड