ब्रह्माकुमारीद्वारा स्वच्छ तथा स्वस्थ्य कार्यक्रम 

Share this news

दार्जीलिङ, 20 जुलाई(निसं): ब्रह्माकुमारी दार्जीलिङ सेवा केन्द्रको आयोजनामा शनिबार दार्जीलिङ शहर नजिक रकउड रानी कोठी कम्यिनिटी हलमा ग्राम सुधार समिति साथै अन्य समाजको तत्वधानमा  स्वच्छ तथा स्वस्थ्य समाज विषयको जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोछ।
कार्यक्रमको सभापतित्व राजयोगिनी मुना दिदीले गरेकेर थिइन् भने प्रमुख अतिथिका रूपमा दार्जीलिङ सरकारी कलेज प्राचार्य  प्रज्वल चन्द्र लामा उपस्थित थिए। अन्य विशिष्ट अतिथिहरूमा साइ समितिका प्रशिक्षक किरण स्याङ्देन साथै  राजयोग प्रशिक्षक बीके रोहित भाइजी, समाजसेवी गङ्गा प्रसाद शर्मा तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात अतिथिहरूलाई स्वागत तथा माल्यार्पण गरी दीप प्रज्वलनबाट गरिएको थियो। त्यसपछि बीके सुजाता बहिनीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पार्वती बहिनीले  कार्यक्रमलाई सञ्चालन गरेका थिए भने उनले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो। संस्थाको परिचय बीके बबिता दिदीले दिइएका थिए।
राजयोग प्रशिक्षक बीके रोहित भाइजीले स्वच्छ तथा स्वस्थ समाज निर्माणमा आध्यात्मिकताको भूमिका विषयमा प्रेरणादायी विचार व्यक्त गरे। बीके राज भाइजीले वर्तमानको जल्दो-बल्दो समस्या  नशाको लतदेखि कसरी मुक्त हुन सकिन्छ उक्त विषयमा नशा मुक्तिको चित्र द्वारा सबैलाई सचेत गराउदै  स्वच्छ र  स्वस्थ कसरी रहनु सकिन्छ भन्ने विषयको प्रष्ट पारे। कार्यक्रममा बीके मुना दिदी ले सबै लाई राजयोग ध्यान को अभ्यास गराउनु भएको थियो भने अन्त मा श्री किरण स्याङ्देन ज्यु ले आज को कार्यक्रम बारे आफ्नु मन्तव्य राख्दै आध्यात्मिक र भौतिकवादको भिन्नतालाई अति रोजक ढंगमा प्रस्तुत गरे।समाजमा स्वच्छता, अनुशासन, नशामुक्त जीवनशैली र नैतिक शिक्षाको आवश्यकता रहेको बताउँदै ब्रह्माकुमारी संस्थाले सञ्चालन गरिरहेका जनचेतनामूलक कार्यक्रमहरूको प्रशंसा गरे।
कार्यक्रमको समाप्तीमा हेमलता दिदीले सबै अतिथि, सहभागी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै स्वच्छता, स्वास्थ्य र नशामुक्त समाज निर्माणका लागि सबैले आफ्नो घरदेखि नै अभियान सुरु गर्न आग्रह गरिन्।
कार्यक्रममा शिक्षक, विद्यार्थी, समाजसेवी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले स्वच्छ वातावरण, स्वस्थ जीवनशैली र आध्यात्मिक मूल्यहरूको पालन गर्ने सामूहिक प्रतिबद्धता पनि व्यक्त गरेका थिए। अन्त्मा बीके रेनु दिदीले सबैलाई शिवको गीत सुनाइन्।

Share this news
आजको रोजाइ
राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा २४ रुटमा ५० नयाँ AC बसको सुरुवात

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

आजको रोजाइ