गोजमुमो अध्यक्षको घर निर्माण गरिदिने बचन पुरा भयो

Share this news

रेलिङ, 20 जुन (निसं): गोजमुमो अध्यक्ष बिमल गुरूङले आफ्नो निजी सहयोगबाट अप्पर बडारे निवासी पुरण गुरूङको घर निर्माण गरिदिने बचन पूरा गरे। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङ विगत बर्ष रेलिङ कैँजले समष्टि भ्रमणको क्रममा अप्पर बडारे पुरण गुरूङको घर सोचीनय अवस्थामादेखि पछि तिनको घर बनाइदिने बचन दिएको थियोे। सोही अनुरूप आज गोर्खा जनमुक्ति मोर्चा रेलिङ कैँजले समष्टि संयोजक मुकेश पोखरेल सहित एक प्रतिनिधि टोलीले अध्यक्ष बिमल गुरूङलाई भेटि उक्त बिषयमा अवगत गराए पछि उनको निजी सहयोगमा पुरण गुरूङलाई घर बनाउन इटा, सिमेन्ट, च्यादर आदि हस्तान्तरण गरेको छ। आफुमाथि यति ठूलो ह्रदय देखाएको भन्दै पुरण गुरूङले गोजमुमो अध्यक्ष बिमल गुरूङलाई धन्यवाद दिएका छन भने गोजमुमो अध्यक्ष बिमल गुरूङको दुरदर्शिताको कारण नै गरीब तथा असाहय मानिसहरूले सहयोग पाइरहेको बताएका छन । हामी भविष्यमा पनि यहाँले मानवहितका लागि गरिरहेको कार्य निरन्तर चलिरहोस भनी अपेक्षा राख्छौं भनी समष्टिका सक्रिय प्रतिनिधि द्वय सदस्य अमित गुरूङ अनि सन्त कुमार गुरूङले बताएका छन।
यस दिन गोर्खा जनमुक्ति मोर्चा रेलिङ कैँजले समष्टि संयोजक मुकेश पोखरेल, अमित गुरूङ, सन्त कुमार गुरूङ, पुरण गुरूङ लगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहको थियोे ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ