आईजीजेएफ अध्यक्षले समस्याग्रस्त भगतवीर छोड़ाको गरे निरीक्षण भ्रमण

Share this news

ण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीएफ) का खरसाङ महकुमा समितिका अध्यक्ष दया देवानले शनिवार खरसाङ पुरानो सिनेमा हल नजिक रहेको झोड़ाको निरीक्षण गरेका छन्‌‍। निरीक्षणका क्रममा उनले हाल सम्बन्धित विभागद्वारा भइरहेको झोड़ा सर-सफाइ एवं डेड वा निस्क्रिय, अवैध वा अव्यवस्थित पाइपलाई हटाउने कार्यको पनि अवलोकन गरे। यस अवधि पत्रकारहरूसंग बोल्दै, दया देवानले खरसाङ बजारमा प्रायः नै वर्षायाममा सड़कमा भल बग्ने, बाढ़ जस्तो समस्या सृजना हुने प्रमुख कारण यही झोड़ाको दीर्घकालीन अव्यवस्था रहेको बताए। विगत धेरै वर्षदेखि झोड़ाभित्र विभिन्न पानीका पाइपहरू अव्यवस्थित रूपमा जड़ान गरिएकाले पानीको निकास अवरुद्ध हुने गरेको थियो। साथै सम्बन्धित विभाग एवं नगरपालिकाका अधिकारीहरूमा दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोण (भिजन) को अभावका कारण समस्या झन्‌‍ जटिल बनेको उनले आरोप लगाए।

तिनले वर्तमानमा सर-सफाइका क्रममा झोराभित्र रहेका विभिन्न पाइपहरू काट्ने काम भइरहेको जानकारी दिँदै निरीक्षणका क्रममा देखिएका अधिकांश पाइपहरू डेड लाइन वा निस्क्रिय भएको हुन सक्ने शंका व्यक्त गरे। यस बाहेक कतिपय पाइपहरू अवैध रूपमा जड़ान गरिएको हुन सक्ने सम्भावना पनि देवानले व्यक्त गरे । दया देवानले केही पाइपहरू वैधानिक रूपमा जड़ान गरिएका पानीका लाइन पनि हुन सक्ने बताउँदै त्यस्ता लाइनहरूलाई व्यवस्थित गर्ने जिम्मेवारी सम्बन्धित निकायको रहेको बताए। तर समयमै उचित व्यवस्थापन नगरेकाले नै प्रत्येक वर्ष वर्षायाममा खरसाङ्मा यस्तो समस्या भोग्नुपरेको तिनले बताए । देवानले यो पनि जनाए कि खरसाङ्का कतिपय राजनीतिक दल अनि नेतृत्वहरूले कुनै स्पष्ट दीर्घकालीन भिजनबिना नै कार्य गरेका थिए एवं अहिले पनि कतिपयहरूले त्यस्तै प्रकारले कार्य गरेको आरोप लगाए। तिनले इण्डियन गोर्खा जनशक्ति फ्रण्टसंग स्पष्ट भिजन रहेको उल्लेख गर्दै आगामी दिनमा प्रत्येक क्षेत्र एवं हरेक विकासका विषयमा योजनाबद्ध रूपमा काम गरिने देवानले बताए।

Share this news
आजको रोजाइ
ओडिसी बक्स अफिसको तेस्रो दिन: भारतमा ₹७३ करोड कमाई

ओडिसी बक्स अफिसको तेस्रो दिन: भारतमा ₹७३ करोड कमाई

रोहित शर्माद्वारा आलोचकहरूलाई कडा जवाफ: सन्न्यासको सम्भावना पूर्ण रूपमा खारेज

रोहित शर्माद्वारा आलोचकहरूलाई कडा जवाफ: सन्न्यासको सम्भावना पूर्ण रूपमा खारेज

गान्तोक जिल्लाद्वारा SIR २०२६ अन्तर्गत दावी र आपत्तिहरूको सुनुवाइ

गान्तोक जिल्लाद्वारा SIR २०२६ अन्तर्गत दावी र आपत्तिहरूको सुनुवाइ

दार्जीलिङको गोक १ मा आइसीडीएस कार्यकर्ताद्वारा अन्नपूर्णा योजनाको भेरिफिकेसन कार्य तीव्र

दार्जीलिङको गोक १ मा आइसीडीएस कार्यकर्ताद्वारा अन्नपूर्णा योजनाको भेरिफिकेसन कार्य तीव्र

के गोल्डेन बल मेसीले पाउनुपर्थ्यो कि रोड्री नै हुन् असली हकदार? मैदानबाहिर बहस तीव्र

के गोल्डेन बल मेसीले पाउनुपर्थ्यो कि रोड्री नै हुन् असली हकदार? मैदानबाहिर बहस तीव्र

बाराबंकीको लोधेश्वर महादेव मन्दिरमा मुख्यमन्त्री योगी आदित्यनाथ: काशी विश्वनाथ धामको तर्जमा बन्नेछ भव्य कोरिडोर

बाराबंकीको लोधेश्वर महादेव मन्दिरमा मुख्यमन्त्री योगी आदित्यनाथ: काशी विश्वनाथ धामको तर्जमा बन्नेछ भव्य कोरिडोर

ठाणेको अम्बरनाथस्थित कम्पनीबाट १४ लाखको हलक्विनोल रसायन चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

ठाणेको अम्बरनाथस्थित कम्पनीबाट १४ लाखको हलक्विनोल रसायन चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई न्यूयोर्कमा पक्राउ गर्ने सम्भावनाबारे कानूनी अध्ययन गर्दै मेयर ममदानी

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई न्यूयोर्कमा पक्राउ गर्ने सम्भावनाबारे कानूनी अध्ययन गर्दै मेयर ममदानी

सुप्रिया सुलेले एनडीएमा सामेल हुने अनुमानलाई गरिन् खारेज

सुप्रिया सुलेले एनडीएमा सामेल हुने अनुमानलाई गरिन् खारेज

इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप

इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप

आजको रोजाइ