गोजमुमो पुल–बिजनबारी–गोक समष्टिद्वारा जनसम्पर्क अभियान 

Share this news

दार्जीलिङ, 19 जुलाई: गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पुल–बिजनबारी–गोक समष्टिले शनिबार गोक क्षेत्रबाट जनसम्पर्क तथा जनसंवाद अभियानको औपचारिक शुभारम्भ गरेको छ। अभियानअन्तर्गत गाउँ–गाउँ पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्ने, जनसमस्याको जानकारी लिने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्य रहेको पार्टीले जनाएको छ।
अभियानको सुरुवातसँगै गोजमुमोको टोलीले गोक बजार नजिकको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रभावित परिवारहरूसँग भेटघाट गरेको थियो। टोलीले पहिरोपीडितका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने तथा आवश्यक सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसैक्रममा टोलीले गोक–१ ग्रामका विभिन्न गाउँ तथा गोक–२ ग्रामअन्तर्गत नेजी, पदेङ, कोलबुङ र मुर्मिदाङलगायतका बस्तीहरूमा पुगेर स्थानीयवासीसँग भलाकुसारी गर्दै उनीहरूका गुनासा, सुझाव र आवश्यकताबारे जानकारी लिएको थियो।
कार्यक्रममा गोजमुमो नेता भीम सुब्बाले समष्टिअन्तर्गत पर्ने प्रत्येक गाउँ र बस्तीमा पुगेर जनताका समस्या र आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गरिने बताए। उनले गोर्खा समुदायको लामो समयदेखिको न्यायोचित माग भारतीय संविधानको दायराभित्र रहेर पूरा गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए।
उनले केन्द्र र राज्यमा रहेको “डबल इन्जिन सरकार” गोर्खा समुदायका मागप्रति सकारात्मक रहेको उल्लेख गर्दै यो अवसरलाई सदुपयोग गर्दै साझा उद्देश्यका साथ अघि बढ्न सबैलाई आह्वान गरे।
गोजमुमोले आगामी दिनहरूमा पनि समष्टिका विभिन्न क्षेत्रमा जनसम्पर्क अभियानलाई निरन्तरता दिँदै स्थानीय जनताका समस्या संकलन गरी समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जनाएको छ।

Share this news
आजको रोजाइ
ओडिसी बक्स अफिसको तेस्रो दिन: भारतमा ₹७३ करोड कमाई

ओडिसी बक्स अफिसको तेस्रो दिन: भारतमा ₹७३ करोड कमाई

रोहित शर्माद्वारा आलोचकहरूलाई कडा जवाफ: सन्न्यासको सम्भावना पूर्ण रूपमा खारेज

रोहित शर्माद्वारा आलोचकहरूलाई कडा जवाफ: सन्न्यासको सम्भावना पूर्ण रूपमा खारेज

गान्तोक जिल्लाद्वारा SIR २०२६ अन्तर्गत दावी र आपत्तिहरूको सुनुवाइ

गान्तोक जिल्लाद्वारा SIR २०२६ अन्तर्गत दावी र आपत्तिहरूको सुनुवाइ

दार्जीलिङको गोक १ मा आइसीडीएस कार्यकर्ताद्वारा अन्नपूर्णा योजनाको भेरिफिकेसन कार्य तीव्र

दार्जीलिङको गोक १ मा आइसीडीएस कार्यकर्ताद्वारा अन्नपूर्णा योजनाको भेरिफिकेसन कार्य तीव्र

के गोल्डेन बल मेसीले पाउनुपर्थ्यो कि रोड्री नै हुन् असली हकदार? मैदानबाहिर बहस तीव्र

के गोल्डेन बल मेसीले पाउनुपर्थ्यो कि रोड्री नै हुन् असली हकदार? मैदानबाहिर बहस तीव्र

बाराबंकीको लोधेश्वर महादेव मन्दिरमा मुख्यमन्त्री योगी आदित्यनाथ: काशी विश्वनाथ धामको तर्जमा बन्नेछ भव्य कोरिडोर

बाराबंकीको लोधेश्वर महादेव मन्दिरमा मुख्यमन्त्री योगी आदित्यनाथ: काशी विश्वनाथ धामको तर्जमा बन्नेछ भव्य कोरिडोर

ठाणेको अम्बरनाथस्थित कम्पनीबाट १४ लाखको हलक्विनोल रसायन चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

ठाणेको अम्बरनाथस्थित कम्पनीबाट १४ लाखको हलक्विनोल रसायन चोरी, प्रहरीद्वारा अनुसन्धान सुरु

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई न्यूयोर्कमा पक्राउ गर्ने सम्भावनाबारे कानूनी अध्ययन गर्दै मेयर ममदानी

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई न्यूयोर्कमा पक्राउ गर्ने सम्भावनाबारे कानूनी अध्ययन गर्दै मेयर ममदानी

सुप्रिया सुलेले एनडीएमा सामेल हुने अनुमानलाई गरिन् खारेज

सुप्रिया सुलेले एनडीएमा सामेल हुने अनुमानलाई गरिन् खारेज

इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप

इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप

आजको रोजाइ