सिलगढ़ी शहरमा सुरक्षा व्यवस्था लिएर प्रश्न

Share this news

सिलगढ़ी, (निप्र):

बाधाबिनै एटीएम काउण्टर लुटेर सहजै दुष्टहरूले सुइँकुच्चा ठोके। त्यत्ति नभएर दुष्टहरूले एटीएम लुटेपछि प्रधाननगर थाना अगाडि हुँदै वाहन लिएर चम्पट कसेका थिए। यसपछि तिनीहरू दार्जीलिङ मोड़ हुँदै हाईवे अनि एकपछि अर्को क्रमशः विभिन्न थाना पार गर्दै दुष्टहरू भागे तापनि कत्तै पनि तिनीहरूको वाहन रोकिएन। यस घटनापछि रातको अँध्यारोमा शहर तथा वरिपरि इलाकाको सुरक्षा व्यवस्था कमजोर रहेको प्रमाणित भएको छ भने रात परेपछि शहरमा के पुलिस हुँदैन भन्ने प्रश्न उठेको छ।अर्कोतिर, अधिकांश पुलिसले यसको निम्ति पुलिस भेनको अभाव वा वाहनहरूकै समस्या देखाएको छ। अधिकांश पुलिस भेनको वाइपर छैन। पानी परे वाहनभित्र पानी चुहुन थाल्छ,यस्तो स्थितिमा कसरी गश्ती लगाउनु भन्ने पुलिस कर्मचारीहरूको भनाइ छ। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको डीसीपी (वेष्ट) विश्वचाँद ठाकुरले भने, गश्ती लगाइरहेछ भनेर नै मैनागढ़ीको घटनामा डाकाहरूलाई तुरन्त पक्राउ गर्न सम्भव भएको हो। पहिलाभन्दा अझ धेर पुलिसको गश्ती बढ़ाइएको छ तर पनि डकैतीको घटना घटिरहेको छ। पुलिसलाई अझ सतर्क हुनुपर्नेछ।

सिलगढ़ीमा पुलिसको गश्ती लिएर प्रायः नै प्रश्न उठ्ने गर्छ। रात परेपछि शहरमा पुलिस भेन देखा पर्दैन। केही महिनाअघि पानीट्याङ्की मोडनजिक आधा रातमा एकजना महिलासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपलाई लिएर शहरको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको थियो। पुलिस प्रशासनको पक्षबाट राति

सिलगढ़ीमा साइकल पेट्रोलिङ गराउने कुरो रहे तापनि अहिले त्यो बन्द छ। जुन इलाकामा एटीएम लुटपाटको घटना घटेको थियो, त्यस इलाकाको दायित्वमा रहेका गश्ती लगाउने भेनको अण्डरमा अझ १५ वटा एटीएम काउण्टर पर्छ भने थुप्रै सुन दोकान पनि छन्। सम्पूर्ण इलाका घुम्न दुई घण्टाभन्दा धेर समय लाग्दछ।स्थानीय निवासी सञ्जीव दासले भने, बेला बखत् दार्जीलिङ मोड़ र चम्पासरी मोड़मा पुलिसको गश्ती लगाउने भेन देखा परे तापनि अधिकांश समय नै भेन रहँदैन। यसैले राति शहरको सुरक्षा व्यवस्था लिएर प्रश्न उठ्नु स्वाभाविकै हो। मलमा काम गर्ने महानन्द पाड़ा निवासी एक युवतीले भनिन्, घर फर्किंदा प्रायः ढिलो हुने गर्छ। कहिलेकाही घरबाट परिवारका कुनै सदस्य लिन आए

तापनि प्रायः जसो टोटोमा घर फर्किनु गर्छु। तर बाटोमा कतै पुलिस भेन देख्दिनँ। शहरका विशिष्ट एकजना साहित्यकारको भनाइमा, शहरका अधिकांश एटीएम काउण्टरहरूमा सुरक्षा कर्मी हुँदैन। सुरक्षा कर्मी राख्नु जरुरी छ। यत्ति ठूलो इलाका पुलिसलाई नजरमा राख्नु सम्भव छैन। सिलगढ़ीका मेयर गौतम देवले साहित्यकारको भनाइलाई समर्थन गरेका छन्। तिनले भने, एटीएम लुटपाट १३ मिनटको थियो। पुलिसले सीसीटीभी फुटेज हेरेर तिनीहरूको गतिविधि थाह पाएको छ। दुष्टहरूलाई शीघ्र पक्राउ गरिनेछ ।

सिलगढ़ीका विधायक शङ्कर घोषले भने, वास्तवमा भन्नु पर्दा अहिले राज्यभरि नै कानुन व्यवस्था भताभुङ्ग भएको छ। बुधवार राति चम्पासरीमा एटीएम लुटपाट भएको घटना यसैको एउटा उदाहरण हो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान