प्रधानमन्त्री शाहद्वारा राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप ऊर्जाशील बनाउन आह्वान 

Share this news

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनुभएको छ।  प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धधनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिनुभएको छ।  करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्री ज्यूले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री ज्यूले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिनुभयो।  मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै उहाँले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याउनुभयो।

मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्री ज्यूले आग्रह गर्नुभयो। यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उहाँहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो।  छलफलमा गभर्नर विश्वनाथ पौडेल ज्यूले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो।  उहाँले सरकार र राष्ट्र बैंक दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैंकले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गर्नुभयो।  सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो।


Share this news
आजको रोजाइ
kashem-library-is-falling-into-disrepair

जीर्ण बन्दै काश्येम लाइब्रेरी

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित

Lower Bhalukhop is becoming a new destination for natural beauty and adventure tourism.

तल्लो भालुखोप प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको नयाँ गन्तव्य बन्दै

प्रधानमन्त्री शाहद्वारा राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप ऊर्जाशील बनाउन आह्वान 

दूरसञ्चार प्राधिकरणमा ४ नियुक्त, नियामकीय भूमिका बलियो बनाउन निर्देशन

मुम्बई मोनोरेलले नयाँ गति लियो, नयाँ कोचको परीक्षण भयो सफल

मुम्बई मोनोरेलले नयाँ गति लियो, नयाँ कोचको परीक्षण भयो सफल

एसआइआरमाथि राजनीतिक दलसँग मतदाता नामावली पर्यवेक्षकको बैठक

एसआइआरमाथि राजनीतिक दलसँग मतदाता नामावली पर्यवेक्षकको बैठक

विद्यार्थीहरू सीएम साथी परिवर्तनकारी कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा 

विद्यार्थीहरू सीएम साथी परिवर्तनकारी कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा 

महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

आजको रोजाइ