खरसाङको मोडर्न इङ्लिश स्कूलमा ११ औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ पालन गरियो। योगाचार्य अनुप रिजालद्वारा योग मुद्राहरूको प्रदर्शन गरेका थिए। कार्यक्रममा योगाचार्य अनुप रिजालले विद्यार्थीहरू र उपस्थित सबैका लागि विभिन्न योग मुद्राहरू देखाउँदै योगले मन, विचार, चित्त, तेज, ऊर्जा, एकाग्रता र आत्मसंयमलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङकी एसडीपीओ आईपीएस नीरजा अनीश शाह उपस्थित रहेकी थिइन्।
