मानेभञ्ज्याङको दुईवटा रेन्जद्वरा अरण्य सप्ताह भव्य रूपमा सम्पन्न,अरण्य सप्ताह र्याली आयोजना मानेभञ्ज्याङ टङ्गलु रेञ्ज, सिङ्गलिला दक्षिण रेन्ज, संयुक्त आयोजनामा अरण्य सप्ताह कार्यक्रम मानेभञ्ज्याङमा भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा टङ्गलु रेञ्ज अधिकारी देवशिष हल्दार, सिङ्गलिला दक्षिणका रेञ्जर रोशन राई, सुकेसिमाना ग्राम पञ्चायतकी प्रधान मिना थापा गुरुङ, मजुवा ग्राम पञ्चायतका प्रधान रोगेन वाङ्दी लेप्चा, ३६ बटालियन एसएसबीका सहायक कमाण्डेन्ट, विभिन्न सामाजिक संस्थाका पदाधिकारी, जेएफएमसीका सदस्य, वन विभागका कर्मचारी, एसएसबीका जवान, स्थानीय सचेत नागरिक तथा मानेभञ्ज्याङ बजारका तीनवटा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।अरण्य सप्ताहको अवसरमा “हरियो वन राष्ट्रको धन, सबैले रूख रोपौँ, हाम्रो पहाडलाई हरियाली बनाऔँ” भन्ने मूल नाराका साथ गुराँसका बिरुवाहरू रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो। साथै वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बस तथा चित्रकला प्रतियोगिता, वन संरक्षणसम्बन्धी र्याली र मानेभञ्ज्याङ बजारलाई हरियाली बनाउने अभियान सञ्चालन गरिएको थियो। चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएपछि ल्यान्डरोभर एशाेशिएशन ,हाईल्याण्डर गाइड एशाेशिएशन,जेएफएमसी सदस्यहरू, मानेभञ्ज्याङ उच्च माध्यमिक विद्यालय,आर सी मिसन प्राथमिक विद्यालय,रोडोडेन्ड्रन इन्टिग्रेटस बोर्डिङ स्कूल,स्थानीय मानिसहरू,वन कर्मचारी एसएसबीका जवान तथा स्थानीय नागरिकहरूको विशाल सहभागितामा मानेभञ्ज्याङ बजार परिक्रमागर्दै अरण्य सप्ताह र्याली निकालियो। र्यालीमा “हरियो वन, स्वस्थ जीवन”, “वन जोगाऔँ, भविष्य बचाऔँ” लगायतका सन्देशमूलक नाराहरू प्रदर्शन गरिएको थियो। उल्लेखनीय छ कि रेञ्जस्तरीय अरण्य सप्ताह कार्यक्रम १४ जुलाईदेखि २० जुलाईसम्म विभिन्न सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रममार्फत सञ्चालन हुने वन विभागले जनाएको छ। अरण्य सप्ताहको मुख्य उद्देश्य वन संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नु तथा वनप्रति समुदायमा जिम्मेवारी र सचेतना अभिवृद्धि गर्नु रहेको छ।












