Teesta market in crisis due to increasing erosion
Teesta market in crisis due to increasing erosion

टिस्टाको बढ्दो कटानले टिस्टा बजार संकटमा

Authored By: यौवन मोथे

Share this news

सन् २०२३ को विनाशकारी टिस्टा बाढीको घाउ अझै नपुरिँदै टिस्टा नदीको तीव्र कटानले अहिले टिस्टा बजारलाई नै गम्भीर जोखिमतर्फ धकेल्न थालेको छ। नदीले लगातार किनार काट्दै गएपछि बजार क्षेत्रका बासिन्दामा ठूलो त्रास फैलिएको छ। स्थानीयहरू अहिले एउटै स्वरमा भन्न थालेका छन्, “मलाई खाने बाघले सबैलाई खान्छ।” उनीहरूको आशय स्पष्ट छ यदि एउटा घर वा एउटा स्थान नदीको कटानमा पर्‍यो भने त्यसको प्रभाव विस्तारै सम्पूर्ण बस्तीमा पुग्न सक्छ।

हाल टिस्टा बजार निवासी सुकबिर तामाङको घरमुनिको जमिन टिस्टा नदीले तीव्र रूपमा कटान गर्न थालेको छ। केही साताअघि सामान्य देखिएको नदी किनार अहिले गहिरो रूपमा भासिन थालेपछि उनको घर पहिरोको उच्च जोखिममा परेको छ। स्थानीयहरूका अनुसार नदीको बहाव प्रत्येक वर्ष परिवर्तन हुँदै गएको छ र यसपटक कटानको गति अस्वाभाविक रूपमा बढेको देखिएको छ।

स्थानीयवासीहरूको भनाइमा, अहिलेको समस्या केवल एउटा परिवारको मात्र होइन। यदि समयमै  सुरक्षात्मक पर्खाल तथा वैज्ञानिक अध्ययन गरिएन भने टिस्टा बजारका अन्य घर, पसल र सार्वजनिक संरचनाहरू पनि क्रमशः जोखिममा पर्ने सम्भावना छ। त्यसैले उनीहरूले यसलाई व्यक्तिगत होइन, सामूहिक संकटका रूपमा लिनुपर्ने बताएका छन्।

स्मरणीय छ, २०२३ अक्टोबर ४ मा आएको भीषण टिस्टा बाढीले नदीको प्राकृतिक बहाव नै परिवर्तन गरिदिएको थियो। त्यसबेलादेखि टिस्टा किनारका विभिन्न स्थानमा नदी कटान, जमिन भासिने र पहिरो जाने क्रम निरन्तर जारी छ। बाढीपछि नदीले नयाँ धार समातेका कारण पहिलेदेखि सुरक्षित मानिएका क्षेत्रहरू समेत अहिले जोखिममा पर्दै आएका छन्। टिस्टा बजारमा देखिएको वर्तमान अवस्था त्यसैको निरन्तरता भएको स्थानीयहरूको दाबी छ।

स्थानीय बासिन्दाहरूले विशेषगरी एनएचपीसीको जलविद्युत् परियोजना (स्टेज–३) सञ्चालनपछि नदीको बहाव, पानीको दबाब तथा कटानको स्वरूपमा परिवर्तन आएको हुन सक्ने आशंका व्यक्त गरिरहेका छन्। उनीहरूको भनाइमा, परियोजनासँग सम्बन्धित गतिविधिको वैज्ञानिक अध्ययन गरी यसको प्रभावबारे स्पष्ट जानकारी सार्वजनिक गर्न आवश्यक छ। यद्यपि, यस सम्बन्धमा आधिकारिक निकायले हालसम्म परियोजना र वर्तमान कटानबीच प्रत्यक्ष सम्बन्ध पुष्टि गरेको छैन।

Share this news
आजको रोजाइ
जुलाई २१ मा हुने र्‍यालीमा उच्च अदालतको कडा अडान, दिएन अनुमति

जुलाई २१ मा हुने र्‍यालीमा उच्च अदालतको कडा अडान, दिएन अनुमति

एसीबीको हैदराबादमा छापा, प्रमुख इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

एसीबीको हैदराबादमा छापा, प्रमुख इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रायः१.२७ करोडको लिनेन सामान चोरी: रेलवेद्वारा चोरी रोक्न प्रविधि प्रयोग

प्रायः१.२७ करोडको लिनेन सामान चोरी: रेलवेद्वारा चोरी रोक्न प्रविधि प्रयोग

होटल व्यवसायीहरूले गर्दै आउनुभएको चिन्ता अब अन्त्य हुनेछ

होटल व्यवसायीहरूले गर्दै आउनुभएको चिन्ता अब अन्त्य हुनेछ

वाङ्चुकलाई जबर्जस्ती आहार खुवाई उपचार गर्न माग गर्दै जनहित याचिका

वाङ्चुकलाई जबर्जस्ती आहार खुवाई उपचार गर्न माग गर्दै जनहित याचिका

टिस्टाको बढ्दो कटानले टिस्टा बजार संकटमा

टिस्टाको बढ्दो कटानले टिस्टा बजार संकटमा

कोलकाता मेट्रोले चाँडै चालकविहीन रेलहरू पाउने ? दसैंअघि घोषणा हुने

कोलकाता मेट्रोले चाँडै चालकविहीन रेलहरू पाउने ? दसैंअघि घोषणा हुने

प्यासिफिक रिङ अफ फायर हुँदा फिलिपिन्समा ६.२ म्याग्निच्युड भूकम्प

प्यासिफिक रिङ अफ फायर हुँदा फिलिपिन्समा ६.२ म्याग्निच्युड भूकम्प

फिफा विश्वकप २०२६ को समापन समारोहमा कसले प्रस्तुति दिँदैछ ?

फिफा विश्वकप २०२६ को समापन समारोहमा कसले प्रस्तुति दिँदैछ ?

रणवीर सिंहको धुरन्धर पहिलो दिन जापानमा ९०० दर्शकले मात्र पाएको छ

रणवीर सिंहको धुरन्धर पहिलो दिन जापानमा ९०० दर्शकले मात्र पाएको छ

आजको रोजाइ