तीनधारे चियाबारीमा एचपीडब्ल्यु शाखा कमिटी गठन 

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ अन्तर्गत तिनधारे – महानदी समष्टिको विशेष जरुरी संगठनात्मक सभा तिनधारे चियाबारी प्राथमिक पाठशाला भवनमा समष्टि युवा अध्यक्ष सङ्ग्राम घतानेको अध्यक्षतामा सम्पन्न भयो। सभामा समष्टि पार्टी अध्यक्ष जे.बी. गुरुङ, उपाध्यक्ष विजय मङ्गर, मिडिया सेल प्रतिनिधि सुमन गुरुङ, खर्साङ ब्राञ्च कमिटी सदस्य दिपेन गुरुङ तथा गोर्खा राष्ट्रिय नारी संगठनकी सभानेत्री श्रीमती शिला प्रधानको विशेष उपस्थिति रहेको थियो। सभामा पार्टी संगठन र बगानको ट्रेड युनियन संयुक्त रूपमा अघि बढ्दै चियाबारी श्रमिकहरूको हित, अधिकारको संरक्षण तथा संगठनलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। छलफलपश्चात् श्रमिकहरूको हकहितका लागि संयुक्त रूपमा सक्रिय रूपमा कार्य गर्ने सर्वसम्मत निर्णय गरियो।यसै अवसरमा तिनधारे चियाबारी हिमालयन प्लान्टेशन वर्कर्स युनियन (HPWU) को नयाँ कार्यसमिति सर्वसम्मतिबाट गठन गरिएको छ। नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन्: सभापति: सन्जय तामाङ, उपसभापति: विकास प्रधान, उपसभापति: प्रेम प्रधान,सचिव: धिरज सुब्बा,

सहसचिव: विजय पाहन,

कोषाध्यक्ष: बिनोद तामाङ,

सह-कोषाध्यक्ष: समीर प्रधान,

प्रमुख सल्लाहकार: सपन राई र

सल्लाहकार: प्रकाश प्रधान।

कार्यकारी सदस्यहरू: किरण तामाङ, सञ्जय राई, बिर्ख प्रधान, बिसाल तामाङ, सुदर्शन तामाङ, जोहन मुन्डा, उमेश परियार, बुद्ध तामाङ, सचिन तामाङ, हिलारुस केरकेटा, आशीष राई, मणि उराव, रेशव तामाङ, सन्तोष तामाङ, गौतम प्रधान, सदेव बाहुन, विजय तामाङ तथा इस्माल नाक।सभाको समापन गर्दै सभाध्यक्ष सङ्ग्राम घतानेले नवनिर्वाचित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले पार्टीको सिद्धान्त, अनुशासन र संगठनात्मक मूल्य–मान्यतालाई आत्मसात् गर्दै श्रमिकहरूको अधिकार, संगठनको सुदृढीकरण तथा जनहितका पक्षमा समर्पित भएर कार्य गर्न आग्रह गर्नुभयो।उहाँले अन्त्यमा “हरियो झण्डा र अध्यक्ष मन घिसिङ हात बलियो बनाऔँ” भन्ने सन्देशसहित सम्पूर्ण कार्यकर्ता तथा उपस्थित सदस्यहरूलाई एकताबद्ध भएर संगठन विस्तार र श्रमिक हितका लागि निरन्तर अघि बढ्न आह्वान गर्नुभयो। धन्यवाद ज्ञापनसँगै सभा विधिवत् सम्पन्न भएको घोषणा गरिएको थियो।

Share this news
आजको रोजाइ

डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत गराउन डुवर्स स्टेरिङ्ग कमिटी (DSC) द्वारा मन्त्रीसङ्ग भेटघाट

डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत गराउन डुवर्स स्टेरिङ्ग कमिटी (DSC) द्वारा मन्त्रीसङ्ग भेटघाट

आजको पेट्रोल र डिजेलको मूल्य: ब्रेन्ट कच्चा तेलको मूल्य बढे पनि दिल्ली, मुम्बई, कोलकातामा स्थिर

आजको पेट्रोल र डिजेलको मूल्य: ब्रेन्ट कच्चा तेलको मूल्य बढे पनि दिल्ली, मुम्बई, कोलकातामा स्थिर

बारुईपुर इन्काउन्टर: शमिक भट्टाचार्यले भने- ‘कुनै पनि अपराधीलाई छाडिने छैन’, टीएमसीले भन्यो- ‘जंगलराज’

बारुईपुर इन्काउन्टर: शमिक भट्टाचार्यले भने- ‘कुनै पनि अपराधीलाई छाडिने छैन’, टीएमसीले भन्यो- ‘जंगलराज’

बारुईपुर इन्काउन्टर: ‘जे गर्‍यो, त्यही सजाय पायो’, आरोपी प्रभास मण्डलको मृत्युमा आमाले भनिन्- ‘मलाई शान्ति मिल्यो’

बारुईपुर इन्काउन्टर: ‘जे गर्‍यो, त्यही सजाय पायो’, आरोपी प्रभास मण्डलको मृत्युमा आमाले भनिन्- ‘मलाई शान्ति मिल्यो’

इङ्ग्ल्यान्डसँग भारतको ऐतिहासिक हार, टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो पराजय

इङ्ग्ल्यान्डसँग भारतको ऐतिहासिक हार, टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो पराजय

इङ्गल्याण्डद्वारा भारत १२५ रनले पराजित, पाहुना टोलीको ऐतिहासिक हार

इङ्गल्याण्डद्वारा भारत १२५ रनले पराजित, पाहुना टोलीको ऐतिहासिक हार

ट्रम्पको घोषणा– इरानसँगको युद्धविराम समाप्त, अमेरिकी हवाई आक्रमणपछि मध्यपूर्वमा फेरि तनाव चुलियो

ट्रम्पको घोषणा– इरानसँगको युद्धविराम समाप्त, अमेरिकी हवाई आक्रमणपछि मध्यपूर्वमा फेरि तनाव चुलियो

‘दादा’ को पहिलो पोस्टर सार्वजनिक, सौरव गाङ्गुलीको भूमिकामा राजकुमार राव

‘दादा’ को पहिलो पोस्टर सार्वजनिक, सौरव गाङ्गुलीको भूमिकामा राजकुमार राव

उत्तर बंगालमा चार दिनसम्म भारी वर्षाको चेतावनी, दार्जिलिङ–कालिम्पोङमा रेड अलर्ट

उत्तर बंगालमा चार दिनसम्म भारी वर्षाको चेतावनी, दार्जिलिङ–कालिम्पोङमा रेड अलर्ट

आजको रोजाइ