इरान-इजरायल युद्धले चिया निर्यात ठप्प, दार्जीलिङ चियालाई पनि असर ?

Share this news

दार्जीलिङ,21 जुन(निसं): हाल इरान-इजरायल युद्धले रूस पछि भारतीय चियाको दोस्रो ठूलो प्राप्तकर्ता इरानमा हुने सबै चिया निर्यात ठप्प पारेको छ।
जसमा दार्जीलिङ चिया उद्योगलाई पनि असर पर्नेछ।दार्जीलिङ चिया मात्र होइन,इरान-इजरायल युद्धले डुवर्स अनि असम चियालाई पनि ठूलो नोक्सानी बनाउने छ
भनी चिया उद्योग क्षेत्रका निर्यात कर्ताहरुको भनाइ छ। अंग्रेजी समाचार पत्रिका अनुसार, भारतीय चिया संघका अध्यक्ष हेमन्त बांगुरले निर्यातकर्ताहरूले पनि
भुक्तानीको अनिश्चितताका कारण चियाले भरिएका पनि  रोकिरहेको बताए। इरानले मुख्यतया आसाम, दार्जीलिङ र डुवर्समा उत्पादित चिया आयात गर्छ।
निर्यात बास्केटमा आसामको सबैभन्दा ठूलो अंश 80 प्रतिशत छ भने बाँकी बंगालले योगदान गर्छ। उत्तर भारतमा चिया निर्यातको केन्द्र कोलकाता हो। 
आसाम र डुवर्समा उत्पादित अर्थोडक्स चियाको इरानमा ठूलो बजार छ। यसका साथै दार्जीलिङ  चियासँगै उच्च गुणस्तरको सीटीसी (क्रश, टियर र कर्ल) चिया पनि त्यहाँ पठाइन्छ।
निर्यात गर्नुअघि आसाम चिया कोलकातामा मिसाइन्छ र प्याकेज गरिन्छ, कन्फेडेरेसन अफ इन्डिया साना चिया उत्पादक संघका अध्यक्ष विजय गोपाल चक्रवर्तीले भनेका छन्।
एक भारतीय अंग्रेजी समाचार पत्रमा प्रकाशित अनुसार, इरानको लागि गएका सामानहरू अहिले मुम्बईको न्हावा-शेवा बन्दरगाहमा थुप्रिएका छन्। 
गत 2023 सालमा न्यून निर्यात भएपछि गत 2024 सालमा इरानमा हुने चिया निर्यातमा ठूलो पुनरुत्थान भएको बेला अचानक यो बाधा आएको छ।
गत वर्ष, इरानमा भारतीय चिया निर्यात पाँच गुणा बढेर 31 मिलियन किलोग्राम पुगेको थियो,गत 2023 सालमा 59 लाख किलोग्राम थियो,
जब इरान विरुद्ध अमेरिकी प्रतिबन्धहरूले तीव्र गिरावट ल्याएको थियो।
गत 2022 सालमा, निर्यात आंकडा 2 करोड 20 लाख किलोग्राम थियो। अधिकारीहरूका अनुसार भारतको कुल चिया निर्यातमा इरानमा 20 प्रतिशत हिस्सा छ।
हरेक वर्ष 50 लाख किलो चिया इरानमा निर्यात गर्छौं। तर गत 14 जुनदेखि हाम्रा कन्साइनमेन्टहरू न्हावा-शेवामा अलपत्र परेका छन् किनभने युद्धका कारण इरान जाने 
मार्ग अस्थायी रूपमा निलम्बित छ, अग्रणी चिया निर्यातकर्ताहरू मध्ये एक शाह ब्रदरका अध्यक्ष शशी कान्त शाहले भनिएको अंग्रेजी समाचार पत्रमा प्रकाशित छ। 
ग्रेजी समाचार पत्रिका अनुसार, शहरमा आधारित उत्पादन कम्पनी साना चिया उत्पादक संघका सह-संस्थापक अनिन्द्य सेनगुप्ताले भनेका छन्। 
इरानको आयातको मात्रा पहिले नै घटेको छ,
जबकि हाल युद्धले परिस्थितिलाई झनै खराब बनाएको छ। हामी अब बेलायत र युरोपका बजारहरूमा ध्यान केन्द्रित गरिरहेका छौं।
यस सम्बन्धमा दार्जीलिङ टी एसोसिएसन(डीटीए)-सित सम्पर्क राख्दा डीटीए आधिकारिक सुत्रले भनेको छ, दार्जीलिङको चिया इरान वा इजरायलमा निर्यात हुँदैन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ