मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

Share this news

मसुर दाल र चना दाल विषयमा हामीले सार्वजनिक गरेको जानकारीपछि,जीटीएका अधिकारीहरूसँग हाम्रो बैठक भएको थियो।त्यसपछि हामीलाई जानकारी प्राप्त भएको छ कि खाद्य तथा आपूर्ति विभागले यस विषयमा सदर थानामा एफ आई आर(FIR) दर्ता गरेको छ।

यो विषय अहिले सम्बन्धित अधिकारीहरूद्वारा जाँचको प्रक्रियामा छ।
मेरो स्रोतबाट प्राप्त जानकारी अनुसार,जीटीएका पूर्व कार्यकारी सभासद,कृषि,भूमि तथा भूमि सुधार अनि रेशम खेति विभागका सतिश पोख्रेलको नाम एफ आई आर मा उल्लेख गरिएको छ।अन्य सम्बन्धित व्यक्तिहरूको भूमिका पनि जाँचको विषय रहेको छ।

यस अवस्थामा, एफ आई आर मा नाम आएको वा जाँचको दायरामा रहेका सबै व्यक्तिहरूलाई कानुनी प्रक्रियाबाट दोषी प्रमाणित नभएसम्म निर्दोष नै मानिनुपर्छ।
हाम्रो टोलीले अनुसन्धान अधिकारीसँग भेटेर कुरा गरिसकेको छ र जाँचमा पूर्ण सहयोग गर्नेछ। आइजीजेएफले कानुनी प्रक्रियामाथि पूर्ण विश्वास राख्दछ। हामी हाम्रो कानुनी टोलीसँग यो विषयमा पनि सल्लाह गर्दैछौं कि,नागरिकको हैसियतले हामीले छुट्टै उजुरी वा एफ आई आर दर्ता गर्नुपर्ने हो कि होइन। साथै,त्यतिबेलाका मुख्य कार्यकारी अधिकारी र अन्य सम्बन्धित व्यक्तिहरूको भूमिका,यदि कुनै छ भने, त्यसलाई कानुनी प्रक्रियाअनुसार जाँच अधिकारीहरूको ध्यानमा ल्याउनुपर्ने हो कि होइन भन्ने विषयमा पनि कानुनी सल्लाह भइरहेको छ।

इन्डियन गोर्खा जनशक्ति फ्रण्टले सधैं विश्वास गरेको छ कि भ्रष्टाचार र नातावाद हाम्रो ठाउँ र हाम्रो जनताको दुःखको ठूलो कारण हो।भ्रष्टाचार कुनै सानो प्रशासनिक गल्ती होइन। यो समाज र संस्थालाई भित्रबाट खाने क्यान्सर हो।यसले जनताको विश्वास कमजोर बनाउँछ,गरीबको अधिकार खोस्छ,अनि सार्वजनिक पदलाई निजी फाइदाको साधन बनाउँछ।

भ्रष्टाचारविरुद्ध हाम्रो लडाइँ कुनै व्यक्ति वा कुनै राजनीतिक पार्टीविरुद्ध होइन।यो बदला लिनका लागि होइन।यो जवाफदेहिता,पारदर्शिता र जनताको सम्पत्तिको रक्षा गर्नका लागि हो।

नयाँ माननीय मुख्यमन्त्रीको नेतृत्वमा पश्चिम बंगाल सरकारले भ्रष्टाचारजस्तो क्यान्सर विरुद्ध कडा कदम चालिरहेको देख्दा हामी खुशी छौं दार्जीलिङ, कालेबुङ,  खरसाङ, मिरिक, तराई र डुवर्सका जनताले यस्तो व्यवस्था पाउनुपर्छ जहाँ जनताको पैसा जनताको हितमा प्रयोग होस्,निजी फाइदाका लागि होइन। सार्वजनिक पद ठूलो जिम्मेवारी हो।जहाँ जनताको पैसा वा अधिकारको दुरुपयोग भएको आरोप छ,त्यहाँ सत्य कुरा उचित जाँच र कानुनी प्रक्रियाबाट बाहिर आउनैपर्छ।

यो केवल शुरुवात हो। जनहितसँग जोडिएका अरू विषयहरू पनि उचित कानुनी र प्रशासनिक प्रक्रियामार्फत अघि बढाइनेछ। भ्रष्टाचारविरुद्ध कडा अडान लिनु भएकोमा र जनताको सत्य,पारदर्शिता र न्यायको मागलाई समर्थन गर्नु भएकोमा म माननीय मुख्यमन्त्री र माननीय सांसद राजु बिष्टलाई धन्यवाद दिन्छु।

Share this news
आजको रोजाइ
मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

सञ्चार क्षेत्रका समस्या समाधानार्थ रचनात्मक सुझावसंग संवादमा आउनपर्ने

सञ्चार क्षेत्रका समस्या समाधानार्थ रचनात्मक सुझावसंग संवादमा आउनपर्ने

दार्जीलिङ नगरपालिका वार्ड नं. ९ मा गोरामुमोको नयाँ शाखा गठन

दार्जीलिङ नगरपालिका वार्ड नं. ९ मा गोरामुमोको नयाँ शाखा गठन

‘सोचेको थिएँ मानिसहरूले उनलाई घृणा गर्थे’: खामेनीको अन्त्येष्टिमा इरानीहरू रोएको देखेपछि ट्रम्पको टिप्पणी

‘सोचेको थिएँ मानिसहरूले उनलाई घृणा गर्थे’: खामेनीको अन्त्येष्टिमा इरानीहरू रोएको देखेपछि ट्रम्पको टिप्पणी

मनसुनको समयमा पनि अत्यधिक गर्मीले सिलिगुढीबासी बेहाल; तापक्रम ३५ डिग्री सेल्सियस पुग्यो

मनसुनको समयमा पनि अत्यधिक गर्मीले सिलिगुढीबासी बेहाल; तापक्रम ३५ डिग्री सेल्सियस पुग्यो

सिलिगुढी मल चोरी काण्डको पर्दाफास; दुई चोर र चोरीका सामान किन्ने पसले पक्राउ

सिलिगुढी मल चोरी काण्डको पर्दाफास; दुई चोर र चोरीका सामान किन्ने पसले पक्राउ

पहिलो E20 विरोध प्रदर्शन अघि, ‘टिम भारत’ द्वारा प्रदर्शनकारीको संख्या सीमालाई लिएर दिल्ली प्रहरीलाई चुनौती

पहिलो E20 विरोध प्रदर्शन अघि, ‘टिम भारत’ द्वारा प्रदर्शनकारीको संख्या सीमालाई लिएर दिल्ली प्रहरीलाई चुनौती

तृणमूल भवन विवादमा ममता बनर्जीले भाडा भुक्तानीका कागजातहरू गरिन् सार्वजनिक

तृणमूल भवन विवादमा ममता बनर्जीले भाडा भुक्तानीका कागजातहरू गरिन् सार्वजनिक

नोयडा अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भारतका १६ सहरहरूमा सिधा उडानसहित नेटवर्क विस्तार

नोयडा अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भारतका १६ सहरहरूमा सिधा उडानसहित नेटवर्क विस्तार

सत्तालाई विचारधारा ठान्ने राजनीतिक दल

सत्तालाई विचारधारा ठान्ने राजनीतिक दल

आजको रोजाइ