दार्जीलिङ नगरपालिका वार्ड नं. ९ मा गोरामुमोको नयाँ शाखा गठन

Share this news

दार्जीलिङ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको दार्जीलिङ केन्द्रीय कार्यालयमा दार्जीलिङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नं. ९ को गोर्खा राष्ट्रिय मुक्ति मोर्चा शाखा विधिवत् रूपमा गठन गरिएको छ।

श्री कमल मुखियाको सभापतित्वमा सम्पन्न उक्त महत्त्वपूर्ण सांगठनिक सभाको सञ्चालन श्री अमर तामाङले गर्नुभएको थियो। कार्यक्रममा समष्टि अध्यक्ष श्री पुरण राईको गरिमामय उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै नवनिर्वाचित शाखा अध्यक्ष अमर तामाङले गोर्खा पिता अतुलनीय सुवास घिसिङको विचारलाई स्मरण गर्दै भन्नुभयो, “पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो।” उहाँले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको यही मूल मन्त्रलाई आत्मसात् गर्दै गोर्खा समाजको हक, अधिकार, पहिचान र अस्तित्वको रक्षाका लागि दृढतापूर्वक अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कुनै व्यक्तिगत स्वार्थ वा विकासका साना योजनामै सीमित राजनीतिक संगठन नभई गोर्खा जातिको पहिचान, अस्तित्व र आफ्नै माटोको संरक्षणका लागि स्थापित क्रान्तिकारी आन्दोलन भएको बताउनुभयो। संवैधानिक अधिकार र स्थायी राजनीतिक समाधान प्राप्तिका लागि सम्पूर्ण गोर्खा समाज एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

सभामा वार्ड नं. ९ को शाखा समिति सर्वसम्मत रूपमा गठन गरिएपछि नवगठित पदाधिकारी तथा सदस्यहरूलाई परम्परागत खादा ओढाई हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। अन्त्यमा उपस्थित सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा विधिवत् रूपमा सम्पन्न भएको घोषणा गरियो।

नवगठित वार्ड नं. ९ शाखा समिति

– अध्यक्ष: अमर तामाङ
– उपाध्यक्ष: लाक्पा तामाङ
– सचिव: दिपेन मुखिया
– सह–सचिव: प्रवेश थापा
– कोषाध्यक्ष: सान्त गुरुङ
– सदस्यहरू: उषा राई, भानु बाल्मिकी, सोनामित लेप्चा तथा विजय छेत्री।

नवगठित समितिले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संगठनलाई वार्ड स्तरमा अझ सशक्त, सक्रिय र जनमुखी बनाउँदै गोर्खा समाजको अधिकार, पहिचान र हितका पक्षमा निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

मसुर अनि चना दाल मामिला आइजीजेएफले सार्वजनिक गरेको दावी

सञ्चार क्षेत्रका समस्या समाधानार्थ रचनात्मक सुझावसंग संवादमा आउनपर्ने

सञ्चार क्षेत्रका समस्या समाधानार्थ रचनात्मक सुझावसंग संवादमा आउनपर्ने

दार्जीलिङ नगरपालिका वार्ड नं. ९ मा गोरामुमोको नयाँ शाखा गठन

दार्जीलिङ नगरपालिका वार्ड नं. ९ मा गोरामुमोको नयाँ शाखा गठन

‘सोचेको थिएँ मानिसहरूले उनलाई घृणा गर्थे’: खामेनीको अन्त्येष्टिमा इरानीहरू रोएको देखेपछि ट्रम्पको टिप्पणी

‘सोचेको थिएँ मानिसहरूले उनलाई घृणा गर्थे’: खामेनीको अन्त्येष्टिमा इरानीहरू रोएको देखेपछि ट्रम्पको टिप्पणी

मनसुनको समयमा पनि अत्यधिक गर्मीले सिलिगुढीबासी बेहाल; तापक्रम ३५ डिग्री सेल्सियस पुग्यो

मनसुनको समयमा पनि अत्यधिक गर्मीले सिलिगुढीबासी बेहाल; तापक्रम ३५ डिग्री सेल्सियस पुग्यो

सिलिगुढी मल चोरी काण्डको पर्दाफास; दुई चोर र चोरीका सामान किन्ने पसले पक्राउ

सिलिगुढी मल चोरी काण्डको पर्दाफास; दुई चोर र चोरीका सामान किन्ने पसले पक्राउ

पहिलो E20 विरोध प्रदर्शन अघि, ‘टिम भारत’ द्वारा प्रदर्शनकारीको संख्या सीमालाई लिएर दिल्ली प्रहरीलाई चुनौती

पहिलो E20 विरोध प्रदर्शन अघि, ‘टिम भारत’ द्वारा प्रदर्शनकारीको संख्या सीमालाई लिएर दिल्ली प्रहरीलाई चुनौती

तृणमूल भवन विवादमा ममता बनर्जीले भाडा भुक्तानीका कागजातहरू गरिन् सार्वजनिक

तृणमूल भवन विवादमा ममता बनर्जीले भाडा भुक्तानीका कागजातहरू गरिन् सार्वजनिक

नोयडा अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भारतका १६ सहरहरूमा सिधा उडानसहित नेटवर्क विस्तार

नोयडा अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भारतका १६ सहरहरूमा सिधा उडानसहित नेटवर्क विस्तार

सत्तालाई विचारधारा ठान्ने राजनीतिक दल

सत्तालाई विचारधारा ठान्ने राजनीतिक दल

आजको रोजाइ