अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस पालन

Share this news

मिरिक :  ‎ शुक्रबार अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस भव्यताका साथ् सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता मिरिक आञ्चलिक समितिका सभापति गङ्गा प्रधानले गरेका थिए। प्रमुख अतिथि पी एल जोशी रहेको कार्यक्रममा अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सदस्य भाजु सुनिल नेवार जोशी थिए।‎कार्यक्रमको शुरुवात अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सुनिल नेवार जोशीको बाहुलीबाट नेवार सङ्गठनको झण्डा उत्तलोन गरियो। सुकुन्दा प्रज्जवलन गरेपछि दिवाङ्गत संस्थापक सदस्य जे एन प्रधान र ए बी प्रधानलाई श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनटको मौनधारण गरियो। उनीरुको देनको मूल्याङ्कन गर्दै भाजु अनिलमणि प्रधानले २०जून १९९६-मा मिरिकमा सम्पन्न गरिएको दोस्रो स्थापना दिवसको दिन सर्वसम्मतिले यी तीनै जनालाई संस्थापक सदस्य स्वीकृत गरिएको बताए ।३३औ स्थापना दिवस पालन गर्दै संस्थापक सदस्य सुनिल नेवार जोशीलाई सम्मान गरियो औ ए बी प्रधान र जे एन प्रधानलाई मरणोप्रान्त सम्मान जनाइयो। प्रमुख अतिथि पी एल जोशी, शिवकुमार प्रधान, इन्द्रशेखर प्रधान, सुनिल नेवार जोशी,मणि जोशी,कुमार प्रधान आदिले आ -आफनो विचार राख्दै सम्पूर्ण नेवार समुदायमा शुभकामना व्यक्त गरे। निरपानीबाट प्रतिनिधित्व गर्दै काइँला नेवारले मारुनी गीतहरु प्रस्तुत गरे औ रूवी प्रधानले नेवार नृत्य प्रस्तुत गरे।रवी प्रधान एम एस सी मा पहिलो श्रेणीमा उतीर्ण भए वापत् आशिर्वाद सहित स्मृति चिन्ह प्रदान गरियो। मिरिकमा भीम देव मन्दिर निर्माण समितिका अध्यक्ष गौतम प्रधान र सचिव विवेक नेवारलाई पनि स्मृति चिन्हले सम्मान गरियो।

‎ अगमसिंह गिरी भवन मिरिकमा आयोजित कार्यक्रमा मिरिकका विभिन्न शाखाबाट सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मिरिक आन्चलिक कमिटिका सचीव गङ्गा पी प्रधान र हृदय प्रधानले गरेका थिए । अन्तमा सभापति गङ्गा प्रधानले नेवारहरु मिरिकमा अझ एकबद्ध भएर बस्ने आव्हान सहित धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गरे। सबैकाे साथ र सहयाेगले ३३ ओै स्थपना दिवस भब्यताकाे साथ पालन गरिएकाे सचिव गंगा पी प्रधानले जानकारी गराँउदै कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ