साउथफिल्ड कलेज अनि हिल्स विश्वविद्यालय माझ अन्तरक्रियात्मक छलफल

Share this news

दार्जीलिङ, 20 जुन(निसं): अन्तर-संस्थागत शैक्षिक सहकार्यलाई अघि बढाउने दिशामा एक महत्वपूर्ण पहलमा दार्जीलिङको साउथफिल्ड कलेजको अंग्रेजी विभागका स्नातकोत्तर विद्यार्थीहरूको समूहले विशेष शैक्षिक प्रस्तुति र अन्तरक्रिया सत्रको निम्ति दार्जीलिङ हिल्स विश्वविद्यालय, मुङपूको भ्रमण गर्‍यो। यो भ्रमण दुवै संस्थाका अंग्रेजी विभागले गरेका सहयोगी शैक्षिक पहलको एक भाग रहेको थियो भनी दार्जीलिङ साउथफिल्ड कलेजले बताएको छ। कलेजको थप जानकारी अनुसार, शैक्षिक विकासका आयामहरू विस्तार गर्ने र विद्यार्थीहरू माझ संवादलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा साउथफिल्ड कलेजका स्नातकोत्तर दोस्रो सत्रका पाँच  विद्यार्थीहरू,  लमु लामा,  श्रेयाश्री राई,  सामन्था वाइबा,  नोनी प्रधान र  नुपुर कुमारी, अंग्रेजी विभागका सह-प्राध्यापक डा. बिनय प्रधान, भूगोल विभागका सह-प्राध्यापक  विशाल क्षेत्री र नेपाली विभागका सह-प्राध्यापक  सदीप प्रधान उपस्थित थिए। विद्यार्थीहरूले भिक्टोरियन कविता- मा अनुसन्धान गरिएको प्रस्तुति दिए, जसमा त्यस अवधिका प्रमुख साहित्यिक विकासहरू, अल्फ्रेड लर्ड टेनिसन, रोबर्ट ब्राउनिङ, म्याथ्यू अर्नोल्ड जस्ता प्रमुख कविहरू, भिक्टोरियन महिला कविहरू र औद्योगिकीकरण, धार्मिक शंका, लिङ्ग भूमिका र नैतिक चेतना जस्ता मुख्य विषयगत सरोकारहरूको अन्वेषण गरिएको थियो। सत्र खुबै जानकारीमूलक र विश्लेषणात्मक थियो, जसले विद्यार्थीहरूको गहिराइको बुझाइ र विषयसँग आलोचनात्मक संलग्नता प्रदर्शन गर्‍यो। त्यसपछि दार्जीलिङ हिल्स विश्वविद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागितामा अन्तरक्रियात्मक छलफल भयो। कलेजको थप जानकारी अनुसार,  विचार र दृष्टिकोणको आदानप्रदानले जीवन्त शैक्षिक वातावरणलाई बडोत्तरी दियो र अन्तर-संस्थागत अध्यनमा प्रोत्साहित गर्‍यो। टोलीको नेतृत्व गर्ने साउथफिल्ड कलेजका अंग्रेजी विभागका प्रमुख डा. बिनय प्रधान अनुसार कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक कार्य प्रस्तुत गर्ने अवसर मात्र प्रदान गरेन, तर दार्जीलिङ हिल्स विश्वविद्यालयका आफ्ना साथीहरूसँग साझा अध्यान र संवादको निम्ति आधार पनि तयार पार्ने काम गर्‍यो। हामी विश्वास गर्छौं कि यस्ता सहयोगी प्रयासहरू पहाडहरूमा जीवन्त बौद्धिक संस्कृतिलाई पोषण गर्न आवश्यक छ। दुवै संस्थाका शिक्षकहरूले यस पहलको लागि आफ्नो प्रशंसा व्यक्त गरे, यस्ता कार्यक्रमहरूले बौद्धिक जिज्ञासा, सार्वजनिक बोल्ने सीप र साथीहरूको सिकाइलाई कसरी प्रवर्द्धन गर्छन् भन्ने कुरा उल्लेख गर्दै कलेजले बताए अनुसार,
कार्यक्रमले राष्ट्रिय शिक्षा नीति (एनइपी)-को भावनालाई पनि प्रतिबिम्बित गर्‍यो, जसले अनुभवात्मक सिकाइ, अन्तर-संस्थागत सहयोग र समग्र शैक्षिक विकासमा जोड दिइयो। यो सफल भ्रमणले दुवै विभागहरूले भविष्यमा विद्यार्थी प्रस्तुतीकरण, सहयोगी सेमिनार र अनुसन्धान-आधारित अन्तरक्रियाहरू समावेश गर्दै दिगो शैक्षिक साझेदारी हुने आशा स्पष्ट पारेको, कलेजले बताएको छ।
Interactive-discussion-between-Southfield-College-and-Hills-University

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ