प्राण घातक हमला गर्ने कल्पनालाई 7 वर्षको कारावास सजाय

Share this news

दार्जीलिङ,20 जुन(निसं): ऋणमा रुपियाँ लगेको झमेला लिएर आक्रोसित बनेर ऋण लिने महिलामाथी प्राण घातक हमला गरेको आरोप पक्राउ परेकी 53 वर्षीय कल्पना शर्मालाई दार्जीलिङ जिल्ला अदालतको सत्र अदालतमा दोषी प्रमाण भएपछी कल्पना शर्मालाई सत्र अदालत न्यायाधीश जिमुद बाहन विश्वासले दण्ड धारा 307 अन्तर्गत 7 वर्षको सश्रम कारावासको साथै 10 हजार रुपियाँको जरीमाना अनि यदि जरीमानाको 10 हजार रुपियाँ भुक्तान नगरे उनीमाथी थप तीन महिनाको हुने सजाय सुनाएको दार्जीलिङ अदालत सरकारी वकिल प्रणय राईले जानकारी दिएका छन्। सरकारी वकिल राईले बताए अनुसार, दार्जीलिङको अमर ग्राम निवासी दोषी कल्पना शर्माले ऋण दिने गर्थी, उनीबाट आउँका सुषमा छेत्री मुखियाले एक लाख रुपियाँ लगेकि थिइन्। सुष्माले ऋण फर्काउन नसकेर त्यो एक लाख रुपियाँ बडेर 2 लाख 80 हजार रुपियाँ पुगेको थियो। यस ऋण सम्बन्धमा ऋण दिने कल्पना शर्मा अनि ऋण लाने सुष्मा छेत्री मुखिया माझ झमेला भइरहने अनि दोषी कल्पनाले सुष्मालाई धम्काउने र उनले साथ सानो हतियार पनि बोक्ने गर्थिन्। कल्पना शर्माले थानामा पनि यसबारे प्राथामिकी दर्ता गरेका थिए। यस्तै समय कल्पनाले सुष्मामाथी प्राण घातक हमला गरेकी थिइन्,हमलामा सुष्मा घाइते भएर दार्जीलिङ जिल्ला अस्पतालमा उपचार गरेर छुट्टी पनि भएको थियो। राईले अझ बताए अनुसार, यश मुद्दाको लगभग 11 महिना छानबिन भएपछी कल्पनालाई दोषी मान्दै कारावास सजाय सुनाइयो। यसप्रकारको भारतीय दण्ड ऐनको 307 धारा अन्तर्गत कारावासको सजाय जिल्ला अदालतबाट प्रथम चोटि सुनुवाइ भएको हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ