राज्यका शिक्षा मन्त्री राजु बस्नेतले बुधबार मानेबुङ–देन्ताम क्षेत्रका शैक्षिक संस्थानहरूको निरीक्षण गर्दै स्थानीय शिक्षाको वास्तविक अवस्था नजिकबाट बुझ्ने प्रयास गरेका छन्। यो भ्रमण पश्चिम प्रान्तको शिक्षा विकासका लागि एक महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ।
मन्त्री बस्नेतले देन्तामको सार्वजनिक खेलमैदान, महिला फुटबल अकाडेमी, भोकेशनल कलेज, पीएम श्री देन्ताम वरिष्ठ माध्यमिक विद्यालय र झाँक्रीढुङ्गास्थित सरकारी प्राथमिक विद्यालयको अवलोकन गर्दै पूर्वाधार र शैक्षिक उपलब्धिहरूको मूल्याङ्कन गरे। विशेषगरी झाँक्रीढुङ्गा जस्तो दुर्गम क्षेत्रको विद्यालयमा पुगेर नानीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नु उनको भ्रमणको विशेष पक्ष रह्यो।
