एशियाई खेलहरूमा स्वर्ण पदक विजेता ओलम्पियन अनुश टोलीको चयनलाई लिएर अदालतको शरणमा

Share this news

एशियाई खेलहरूमा स्वर्ण पदक विजेता ओलम्पियन, ड्रेसेजमा विश्वका १४औं, एशियाका दोस्रो तथा भारतका नम्बर १ इक्वेस्ट्रियन अनुश अग्रवाललाई यस साल हुने एशियाई खेलहरूको निम्ति भारतीय टीममा चयन नगरिँदा धेरैलाई अचम्भित बनाएको छ। अन्तर्राष्ट्रिय मञ्चमा लगातार सफलताले गर्दा भारतीय इक्वेस्ट्रियनका नक्षत्र मानिने अनुश अग्रवाललाई एशियाई खेलहरूका निम्ति भारतीय टोलीमा स्थान किन दिइएन भन्ने पनि धेरैले प्रश्न पनि उठाएका छन्। अहिले त्यही प्रश्नबाट शुरु भएको विवाद अदालतसम्म पुगेको छ।

भारतका सबैभन्दा सफल इक्वेस्ट्रियनहरू मध्ये एक अनुशले शुक्रवार दिल्ली हाई कोर्टमा मुद्दा दायर गर्दै एशियाई खेलहरूका निम्ति टोली चयन प्रक्रियालाई स्थगित गर्न माग गरेका छन्। यसको साथमा उनले भारतीय इक्वेस्ट्रियन फेडरेशन (ईएफआई)-को एड-हक कमिटीले पूर्ण रूपमा अपारदर्शी र अन्यायपूर्ण तरिकाले टोली चयन गरेको आरोप पनि लगाएका छन्। यसको साथमा उनलाई किन टोलीबाट बाहिर राखियो भन्ने स्पष्ट कारण समेत नबताइएको उनको दावी छ। ईएफआई-ले २०२६ एशियाई खेलहरूका लागि भारतको ड्रेसेज टोलीतो घोषणा गरेको छ, जसमा श्रुति भोरा, गौरव पुन्डिर, जय सूद र हृदय छेडाले स्थान पाएका छन्। यसबीच पेरिस ओलम्पिकमा भारतका एकमात्र ड्रेसेज प्रतिनिधि तथा हाङझाउ एशियाई खेलहरूमा स्वर्ण जित्ने टोलीका सदस्य अनुशलाई चाहिँ रिजर्भ सूचीमा राखिएको छ। यही निर्णयले फेरि एकपल्ट चयन प्रक्रियामाथि प्रश्न उठाएको छ।

दिल्ली हाई कोर्टमा दायर गरिएको याचिकामा अनुशले १६ जूनमा प्रकाशित चयन सूची रद्द गर्न माग गरेका छन्। यसको साथमा उक्त सूचीलाई स्थगित गर्ने पनि अनुरोध गरिएको छ। यति मात्र नभएर नयाँ तथा पारदर्शी र निष्पक्ष चयन समिति गठन गर्नु पर्ने माग पनि उनले उठाएका छन्। उनले चयन प्रक्रियामा कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व हुनु नहुने तथा फेडरेशनले बनाएको नियमावलीलाई कठोरतापूर्वक पालना गरेर मात्र टोली चयन गरिनुपर्छ भन्ने माग गरेका छन्।

उल्लेखनीय छ, टोलीको घोषणा भएको लगत्तै पछि अनुश र फेडरेशनको एड-हक कमिटीबीच तनाउ शुरु भएको थियो। लगातार ई–मेल आदान-प्रदानमार्फत दुवै पक्षले आफ्नो-आफ्नो धारणा स्पष्ट पार्दै आएका छन्। फेडरेशनले १८ जूनको बैठकबारे अनुशले गरेका केही टिप्पणीहरू गलत र भ्रामक रहेको बताएको छ। चयन नीतिमा व्यक्तिगत सुनुवाईको कुनै अनिवार्यता नभए पनि अनुशलाई विशेष रूपमा आफ्नो विचार राख्ने अवसर दिइएको थियो भन्ने फेडरेशनले दावी गरेको छ। यसको साथमा फेडरेशनले अनुशले पठाएका सबै कागजात, आपत्ति तथा स्पष्टीकरणको समीक्षा गरेपछि मात्र अन्तिम योग्य खेलाड़ीहरूको सूची तयार गरिएको बताएको छ।

Share this news
आजको रोजाइ
विधायकहरूको हस्ताक्षर विवादको अनुसन्धान तीव्र, शोभनदेब चट्टोपाध्यायको घर पुग्यो सीआईडी

विधायकहरूको हस्ताक्षर विवादको अनुसन्धान तीव्र, शोभनदेब चट्टोपाध्यायको घर पुग्यो सीआईडी

शरीफ उस्मान बिन हादी हत्याकाण्ड: NIA अनुसन्धानलाई मिल्यो थप समय

शरीफ उस्मान बिन हादी हत्याकाण्ड: NIA अनुसन्धानलाई मिल्यो थप समय

एशियाई खेलहरूमा स्वर्ण पदक विजेता ओलम्पियन अनुश टोलीको चयनलाई लिएर अदालतको शरणमा

एशियाई खेलहरूमा स्वर्ण पदक विजेता ओलम्पियन अनुश टोलीको चयनलाई लिएर अदालतको शरणमा

तृणमूलका तीनवटा बैंक खाताको डेबिट सञ्चालनमा रोक, पार्टी फण्डलाई लिएर चर्कियो नयाँ विवाद

तृणमूलका तीनवटा बैंक खाताको डेबिट सञ्चालनमा रोक, पार्टी फण्डलाई लिएर चर्कियो नयाँ विवाद

फलता हिंसा मामिलामा ठूलो एक्सन, जहांगीर खानकी पत्नी सरीना बीबी पक्राउ

फलता हिंसा मामिलामा ठूलो एक्सन, जहांगीर खानकी पत्नी सरीना बीबी पक्राउ

बंगालद्वारा सरसफाइसम्बन्धी नयाँ नियम लागू, सार्वजनिक ठाउँमा फोहोर गरे जरिवाना तिर्नुपर्ने घोषणा

बंगालद्वारा सरसफाइसम्बन्धी नयाँ नियम लागू, सार्वजनिक ठाउँमा फोहोर गरे जरिवाना तिर्नुपर्ने घोषणा

इन्दौरमा नीट (NEET) परीक्षार्थीको पुनरावृत्ति परीक्षा अगाडि भवनबाट खसेर मृत्यु

इन्दौरमा नीट (NEET) परीक्षार्थीको पुनरावृत्ति परीक्षा अगाडि भवनबाट खसेर मृत्यु

मोरक्कोको ऐतिहासिक जित, स्कटल्यान्ड 0–१ ले पराजित

मोरक्कोको ऐतिहासिक जित, स्कटल्यान्ड 0–१ ले पराजित

अस्ट्रेलियालाई जित्दै अमेरिका नकआउटमा प्रवेश

अस्ट्रेलियालाई जित्दै अमेरिका नकआउटमा प्रवेश

जातिको अस्तित्व, चिन्हारी र स्थाई संवैधानिक व्यवस्थामा आइजीजेएफको आह्वान-

जातिको अस्तित्व, चिन्हारी र स्थाई संवैधानिक व्यवस्थामा आइजीजेएफको आह्वान-

आजको रोजाइ