वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले आफ्नो संगठनात्मक विस्तारलाई निरन्तरता दिँदै वरिष्ठ अधिवक्ता तथा पूर्व विधायक प्रणय राईलाई पार्टीमा स्वागत गरेको छ। गोरामुमो केन्द्रीय कार्यालय, दार्जीलिङमा आयोजित समर्थन कार्यक्रमबीच पार्टी अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा प्रणय राई औपचारिक रूपमा गोरामुमोमा सामेल भएका हुन्।

पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङका अनुसार प्रणय राईको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १०० घरपरिवार गोरामुमोमा आबद्ध भएका छन्। यसका साथै तृणमूल कांग्रेस दार्जीलिङ जनरल सहसचिव देवेन्द्र घतानी तथा उनका समर्थकहरू समेत गोरामुमोमा प्रवेश गरेका छन्।

कार्यक्रममा अध्यक्ष मन घिसिङले नयाँ सदस्यहरूलाई खादा ओढाएर स्वागत गर्दै जातीय अस्तित्व र मातृभूमिको सुरक्षाका लागि सबै गोर्खाहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “यो केवल कुनै राजनीतिक दलको विषय होइन, यो हाम्रो जाति र माटोको प्रश्न हो। जाति र माटो सुरक्षित भएपछि सबैले आफ्नो विचार र राजनीतिक बाटो रोज्न सक्छन्। आज गोरामुमोमा सामेल भएका सम्पूर्ण सदस्यहरूलाई हार्दिक स्वागत गर्दछु।”

यस अवसरमा गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको तस्बिरमा दीप प्रज्वलन गरेपछि प्रणय राईले आफू कुनै पद वा लाभको अपेक्षाले नभई आफ्नो “मूल घर” फर्किएको बताए। उनले भने, “म पार्टीबाट केही प्राप्त गर्ने उद्देश्यले आएको होइन। म आफ्नो मूल घरमा फर्किएको हुँ। अब हामी सबैले जाति र माटोको उन्नति, अधिकार र सम्मानका लागि एकजुट भएर काम गर्नुपर्छ। मेरो आगामी राजनीतिक यात्रा जाति र माटोको उत्थानका लागि समर्पित रहनेछ।” गोरामुमोले प्रणय राईजस्ता अनुभवी राजनीतिक व्यक्तित्व तथा अधिवक्ताको पार्टी प्रवेशले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। राजनीतिक वृत्तमा यस घटनालाई दार्जिलिङ पहाडको समसामयिक राजनीतिमा महत्त्वपूर्ण विकासका रूपमा हेरिएको छ।

Share this news
आजको रोजाइ
वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

विष्टद्वारा भाजपा कालिम्पोङ विधान सभा संगठनात्मक बैठकको अध्यक्षता

विष्टद्वारा भाजपा कालिम्पोङ विधान सभा संगठनात्मक बैठकको अध्यक्षता

गेजिङ ओमचुङ जीपीयू दीनदयाल उपाध्याय प. सतत विकास पुरस्कृत

गेजिङ ओमचुङ जीपीयू दीनदयाल उपाध्याय प. सतत विकास पुरस्कृत

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नेपाल सरकारको निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नेपाल सरकारको निर्णय

तुगलकाबादको पाँचतले घरमा भीषण आगलागीः तीनको मृत्यु, तीन फसे

तुगलकाबादको पाँचतले घरमा भीषण आगलागीः तीनको मृत्यु, तीन फसे

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

आजको रोजाइ