भारत सरकारद्वारा घोषणा गरिएको तथा भारतका राष्ट्रपतिद्वारा प्रदान गरिएको प्रतिष्ठित पद्म पुरस्कार २०२६ अन्तर्गत पश्चिम बंगालका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सम्मानित भएका छन्। कला, साहित्य, शिक्षा तथा चिकित्साजस्ता क्षेत्रमा उनीहरूले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनीहरूलाई यो राष्ट्रिय सम्मान प्रदान गरिएको हो। पश्चिम बंगालबाट पद्मश्री पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरूमा साहित्य तथा शिक्षातर्फ अशोक कुमार हल्दार, गम्भीर सिंह योञ्जन, महेन्द्रनाथ राय र रबिलाल टुडु रहेका छन्। कलातर्फ हरि माधव मुखोपाध्याय (मरणोपरान्त), ज्योतिष देबनाथ, कुमार बोस, प्रसेनजित चटर्जी, तरुण भट्टाचार्य तथा तृप्ति मुखर्जी सम्मानित भएका छन्। त्यस्तै चिकित्सातर्फ सरोज मण्डललाई पद्मश्री प्रदान गरिएको छ। यी व्यक्तित्वहरूको सम्मानले पश्चिम बंगालको समृद्ध सांस्कृतिक, साहित्यिक तथा बौद्धिक परम्परालाई राष्ट्रिय स्तरमा थप उजागर गरेको छ। उनीहरूको समर्पण, उत्कृष्टता र समाजप्रतिको योगदानले भावी पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ। यस उपलब्धिले सम्पूर्ण पश्चिम बंगाललाई गौरवान्वित बनाएको छ।












