फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रिम्बिक–लोधोमा समष्टिको लोधोमा ग्राम पञ्चायत–२ अन्तर्गत पर्ने फेन्चेटार बीच गाउँमा पार्टीको संगठन विस्तार अभियानलाई थप मजबुत बनाउँदै नयाँ प्रशाखा कमिटी गठन गरिएको छ।
दिलबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको उक्त सांगठनिक सभामा पार्टीको विचारधारा, छैटौं अनुसूचीको माग तथा जनहितका मुद्दाहरूलाई लिएर विस्तृत छलफल गरिएको थियो। सभामा स्थानीय स्तरमा संगठनलाई अझ सशक्त बनाउने, पार्टी गतिविधिलाई गाउँ–गाउँसम्म पुर्‍याउने तथा युवापुस्ताको सहभागिता बढाउने विषयमा विशेष जोड दिइएको थियो।

यस अवसरमा विभिन्न राजनीतिक दलसँग आबद्ध रहेका स्थानीय नेता तथा समर्थकहरूले गोरामुमोको नीति, सिद्धान्त र कार्यशैली माथी विश्वास व्यक्त गर्दै पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीको झण्डा तथा खादा ओढाएर स्वागत गरिएको थियो।समष्टि अध्यक्ष पेम्बा भुटियाले फेन्चेटार क्षेत्रमा गोरामुमोप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको बताउँदै अन्य राजनीतिक दलका कार्यकर्ता तथा समर्थकहरू समेत गोरामुमोमा सामेल भइरहेका जानकारी दिए। उनले पार्टीको संगठन विस्तार अभियानलाई अझ तीव्र बनाउँदै प्रत्येक गाउँ र बस्तीमा गोरामुमोको उपस्थिति सुदृढ गरिने बताए।

स्थानीय कार्यकर्ताहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न उक्त सभाले फेन्चेटार क्षेत्रमा गोरामुमोको संगठनात्मक आधार थप बलियो बनेको तथा पार्टीप्रति जनविश्वास र समर्थन निरन्तर बढिरहेको स्पष्ट संकेत दिएको छ।

Share this news
आजको रोजाइ
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नेपाल सरकारको निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नेपाल सरकारको निर्णय

तुगलकाबादको पाँचतले घरमा भीषण आगलागीः तीनको मृत्यु, तीन फसे

तुगलकाबादको पाँचतले घरमा भीषण आगलागीः तीनको मृत्यु, तीन फसे

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

दक्षिण कोरिया विरुद्ध चेकियाका मुख्य आकर्षणहरू,

दक्षिण कोरिया विरुद्ध चेकियाका मुख्य आकर्षणहरू,

फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

फेन्चेटारमा अन्य राजनैतिक दलका समर्थकहरू गोरामुमोमा सामेल

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन पत्राचार

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

जिमखाना क्लबका कर्मचारीहरूको माग लिएर श्रम उपायुक्तसँग भेटवार्ता

आजको रोजाइ