Mann Ghising Committee Formation Darjeeling
Mann Ghising Committee Formation Darjeeling

गोरामुमो अप्पर कलेज भेल्ली शाखा कमिटी पुनर्गठन, घिसिङद्वारा वधाइ

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रंगबुल –धोतरिया –रंगबुक समष्टिको अप्पर कलेज भेल्ली शाखा कमिटीलाई पुनर्गठन गरियो। जसको नयाँ कार्यसमिति गठन गरिएको छ। संगठनलाई अझ सुदृढ, सक्रिय र जनमुखी बनाउने उद्देश्यले पुरानो शाखा कमिटी विघटन गरी नयाँ नेतृत्व चयन गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। पुरानो गाउँ, पाँचधुरे, अफिस गाउँ तथा बीच गाउँ क्षेत्रलाई समेटेर गठन गरिएको नवगठित अप्पर कलेज भेल्ली शाखा कमिटीमा सर्वसम्मतिबाट बली राम लेप्चालाई अध्यक्ष, सदिप राईलाई उपाध्यक्ष, सचिन राईलाई मूल सचिव, अशोक स्याङ्बोलाई सह–सचिव तथा नरसिंह राईलाई कोषाध्यक्ष चयन गरिएको छ। त्यसैगरी नितेस बिके र निर्मल छेत्रीलाई कार्यसमिति सदस्यको जिम्मेवारी प्रदान गरिएको छ। यसैगरी शाखा कमिटीका प्रमुख सल्लाहकारहरूमा धनप्रसाद राई, राजेन राई, प्रेमकुमार राई, कान्छा राई, बिमल प्रधान तथा अम्बर सिंह तामाङलाई चयन गरिएको छ।

नवगठित शाखा कमिटीका प्रतिनिधिहरूले आज गोरामुमो केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष मन घिसिङसँग शिष्टाचार भेटघाट गर्दै संगठन विस्तार, जनसम्पर्क अभियान तथा भावी राजनीतिक रणनीतिका विषयमा विस्तृत छलफल गरेका थिए। उक्त अवसरमा अध्यक्ष मन घिसिङले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनको सिद्धान्त, अनुशासन र जनसेवाको भावनालाई आत्मसात गर्दै कार्य गर्न आह्वान गरे। उनले जाति र माटोको अधिकार, पहिचान तथा समग्र गोर्खा समुदायको हितका लागि संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनविश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।नवगठित अप्पर कलेज भेल्ली शाखा कमिटीले पनि पार्टी नेतृत्वप्रति पूर्ण प्रतिबद्धता जनाउँदै संगठन सुदृढीकरण, कार्यकर्ता विस्तार तथा जनसरोकारका मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाउने संकल्प व्यक्त गरेको छ। यस पुनर्गठनलाई समष्टि क्षेत्रमा गोरामुमोको संगठनात्मक अभियानलाई थप गति प्रदान गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ