Vikram Timilsina Educational Speech
Vikram Timilsina Educational Speech

नयाँ राजनीतिक संस्कार बनाउँदै र नागरिक केन्द्रित शासन प्रणाली विकास हुँदै

Share this news

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो।

“सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियातन्त्रका नाइकेहरूको भूमिका समाप्त हुँदै गएको छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो, “वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ र राजनीति कस्तो हुनुपर्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्नुपर्छ।”

उहाँले राजनीति कुनै व्यक्ति विशेषको स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पुर्‍याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। विकास निर्माणका काममा कुनै क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै उहाँले विकासमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको बताउनुभयो।

शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो। उहाँले सरकार र सत्तारुढ दलले नागरिकका आकांक्षा, गुनासा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो।

“दुई–तीन महिनामै सबै अपेक्षा पूरा हुन सक्दैनन् र ठूलो परिणाम पनि तत्काल नदेखिन सक्छ । सरकारले लिएको दिशा, गरिएका निर्णय र अपनाइएको कार्यविधि सही छ कि छैन भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ।”” उहाँले भन्नुभयो।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारलाई अझ प्रभावकारी बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताउनुहुँदै सत्तारुढ दलको जिल्ला अधिवेशनमा आग्रह–पूर्वाग्रह त्यागेर सहकार्यको वातावरण बनाउन आग्रह गर्नुभयो। जिल्ला अधिवेशनबाट सहमतिका आधारमा सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुहुँदै उहाँले समूह, प्यानल वा गुटगत राजनीतिले दलको छवि धुमिल बनाउन नहुने धारणा राख्नुभयो।

कार्यक्रममा रास्वपाका सांसद बोधनारायण श्रेष्ठले नुवाकोट र धादिङ जिल्लाका साझा समस्या तथा विकासका मुद्दा संयुक्त रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। नेतृत्व समस्या नभई समाधानको माध्यम हुनुपर्ने उल्लेख गर्दै उहाँले समस्याको समाधान गर्न सक्ने व्यक्ति नै सफल नेतृत्वकर्ता बन्न सक्ने बताउनुभयो। जिल्ला नेतृत्व सोहिअनुसार छानिएर आउने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ