रङबुल कृषि फार्ममा वृक्षारोपण र पर्यावरण सचेतना कार्यक्रम सम्पन्न

Share this news

विश्व वातावरण दिवस २०२६ को अवसरमा दार्जीलिङ जिल्लाको रङबुल कृषि फार्ममा वृक्षारोपण तथा वातावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ। कृषि विभाग, दार्जिलिङ जिल्ला र एट्री (ATREE) को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम पिपिसीएमसी ( PPC-MC )कार्यक्रम अन्तर्गत एट्रीले पारिस्थितिक पुनर्स्थापना कार्य सञ्चालन गरिरहेको क्षेत्रमा आयोजना गरिएको थियो। कार्यक्रममा ४८ जना स्थानीय समुदायका सदस्यहरू, कृषि तथा माटो संरक्षण विभागका ८ जना जिल्ला स्तरीय अधिकारीहरू, साथै एट्रीका प्रतिनिधिहरू छिरिङ्ग दोर्जी भुटिया, तारा छेत्री र पेमा भुटियाको सहभागिता रहेको थियो। कार्यक्रममा एक जना आइकन फेलो (ICON Fellow) पनि सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन दार्जिलिङका उप–कृषि निर्देशकद्वारा गरिएको थियो। तिनले विश्व वातावरण दिवसको महत्वमाथि प्रकाश पार्दै पारिस्थितिक पुनर्स्थापना, स्थानीय जैविक विविधताको संरक्षण तथा समुदायको सक्रिय सहभागिताको आवश्यकता वारेमा जानकारी गराएका थिए । तिनले वातावरणीय चुनौतीहरूको समाधानका लागि प्रकृतिमा आधारित उपायहरू तथा दीर्घकालीन भू–दृश्य पुनर्स्थापना पहलहरूको महत्वबारे पनि जनाएका थिए। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा १० प्रजातिका १५० वटा स्थानीय तथा स्वदेशी बिरुवाहरू रोपिएका थिए। स्थानीय वातावरणमा अनुकूलित यी प्रजातिहरूले जैविक विविधता संरक्षण, वन्यजन्तुको वासस्थान सुधार, माटो तथा पानी संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी स्थानीयवासी, सरकारी अधिकारी तथा संरक्षणकर्मीहरूले वातावरण संरक्षण र दिगो भू–व्यवस्थापनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका थिए। यस पहलले सरकारी निकाय, स्थानीय समुदाय तथा संरक्षण संस्थाहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाएको आयोजकहरूले बताएका छन्। कार्यक्रमको समापन वातावरण संरक्षण, पारिस्थितिक पुनर्स्थापना तथा दिगो भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै गरिएको थियो भनी एट्रीका फिल्ड अफसर ङिरिङ्ग दोर्जी भुटियाले अवगत गराएका छन्।

Share this news
आजको रोजाइ
खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

खान सर र रोशन आनन्द सर बीच कोचिङ विवादमा अचम्मलाग्दो खुलासा

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको सुके पोखरी खण्ड कमिटीको गरियो गठन

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

टीएमसी प्रमुख ममता बनर्जीको सभामा 8 विधायक र 6 सांसद उपस्थित

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

सिटोङ लाटपञ्चर क्षेत्रका विभिन्न ठाउँमा विश्व पर्यावरण दिवस पालन

सडक यातायात, राजमार्ग राज्यमन्त्री अजय टम्टाको सिक्किम राज्यको भ्रमण

सडक यातायात, राजमार्ग राज्यमन्त्री अजय टम्टाको सिक्किम राज्यको भ्रमण

घुँघरुको झंकारमा समर्पित जीवन : सुमीको कथक साधना

घुँघरुको झंकारमा समर्पित जीवन : सुमीको कथक साधना

रङबुल कृषि फार्ममा वृक्षारोपण र पर्यावरण सचेतना कार्यक्रम सम्पन्न

रङबुल कृषि फार्ममा वृक्षारोपण र पर्यावरण सचेतना कार्यक्रम सम्पन्न

सांसद बिष्टको भाजपा दा. जिल्ला र कोर कमिटी बैठकमा सहभागिता 

सांसद बिष्टको भाजपा दा. जिल्ला र कोर कमिटी बैठकमा सहभागिता 

माफिया नेता अतिक अहमदको मृत्युको 3 वर्षपछि पनि सम्पतिको खुलासा

माफिया नेता अतिक अहमदको मृत्युको 3 वर्षपछि पनि सम्पतिको खुलासा

वन विभागद्वारा इको-टुरिज्म साइट, विश्व वातावरण दिवस आयोजित

वन विभागद्वारा इको-टुरिज्म साइट, विश्व वातावरण दिवस आयोजित

आजको रोजाइ