Binay Tamang Statement Darjeeling
Binay Tamang Statement Darjeeling

समयको चक्र र सत्ताको खेल: ‘दैवको लौरो’ कसैका लागि पाखो हुँदैन

Share this news

समयको चक्र र सत्ताको खेल: ‘दैवको लौरो’ कसैका लागि पाखो हुँदैन। “दैवको लौरो बलियो हुन्छ, यसले कतिबेला कसलाई कताबाट प्रहार गर्छ, थाहा नै हुँदैन।” बयान पूर्व जीटीए प्रमुख विनय तामाङले दिएका छन्। उनले अघाडि भनेका छन्- राजनीतिमा एउटा शाश्वत सत्य के छ भने समय र परिस्थितिको चक्र सधैं गोलो हुन्छ। यस चक्रले आज जसलाई शीर्ष स्थानमा पुर्‍याएको छ भोलि उसैलाई भुइँमा पछार्न सक्छ। फरक यति मात्र हो— कसैलाई चाँडो भेट्छ, कसैलाई अलि ढिलो तर भेट्न चाहिँ सबैलाई भेट्छ नै भेट्छ।हालका दिनहरूमा ग्राम पञ्चायत र पञ्चायत समितिका जनप्रतिनिधिहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिई वर्तमान बोर्डहरू विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नयाँ बोर्डहरू गठन गरिरहेका छन्। यो राजनैतिक उथलपुथललाई हेरेर भागोप्रमोका प्रमुख भाई अनित थापाले अनि अन्य नेतृत्व र कार्यकर्ताहरूले मन दुखाउनु वा विचलित हुनुपर्ने कुनै कारण देखिँदैन।किनभने इतिहास साक्षी छ— राजनीतिमा जे रोपिन्छ, त्यही फल्छ।

हिजका दिनमा अनित थापा भाई आफैंलेपनि त्यसताकका राज्यका सत्तारूढ तृणमुल काङ्ग्रेस अनि सरकारको आड़मा साथै जीटीए सत्ताको बलबुत्तामा दार्जीलिङ नगरपालिका, जीटीए (GTA), अनि विभिन्न ग्राम पञ्चायत र पञ्चायत समितिहरूमा अन्य राजनैतिक दलहरूबाट जनताद्वारा चुनिएका जनप्रतिनिधिहरूलाई प्रलोभन र प्रभावमा पारेर आफ्नो पक्षमा पारेकै हुन्। हिज अरूको घर भत्काएर आफ्नो महल खडा गर्दा जुन राजनैतिक शैली अपनाइएका थिए, आज त्यही शैली आफैंमाथि दोहोरिँदा गुनासो गर्ने ठाउँ पक्कै नै रहँदैन। यसलाई प्रकृतिको नियम वा राजनीतिको ‘कर्मफल’ भन्दा फरक पर्दैन।अहिले त यो शुरुवात मात्र हो, के ठेगान भोलि यो परिवर्तित राजनैतिक हावा अन्य क्षेत्र र निकायहरूमापनि चल्न सक्ला ?सत्ता भनेको नदीको पानी जस्तै हो, जुन कहिल्यै एकै ठाउँमा स्थिर रहँदैन। समयमा सत्ताको राप र ताप जतिसुकै बलियो देखिएपनि, भोलि त्यो शुन्यमा परिणत हुन सक्छ। त्यसैले, राजनैतिक शक्ति हातमा हुँदा अहंकार होइन, आगतको हेक्का राख्न जरुरी हुन्छ। किनकि समयको चक्र घुमिरहेको छ र यसले आफ्नो हिसाब ढिलो-चाँडो चुक्ता गरेरै छाड्छ।

बङालमा ममता र तृणमुल काँग्रेसको अवस्था अनि दार्जिलिङ पहाड़मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अब राजनैतिक धरातल एउटै हुनेछ । मैले भागोप्रमोलाई अनि भाई अनित थापालाई कटाक्ष गरेर भन्न चाहेकोपनि होइन ; विगतमा ममाथि जे जति गरेका थिए त्यसको बदलापनि लिएको होइन ; मेरो कसैसित दुश्मनीपनि छैन् तर एकान्तमा अलग्गै बसेर सबैसित सम्पर्कमा रहेर खोज खबर लिएर यो मेरो राजनैतिक अध्ययन र अनुभव साझा गरिदिएको मात्र हो। गोजमुमो बौरी उठ्दैछ ; गोरामुमो बौरी उठ्दैछ ; क्रामाकपा अभागोली बौरी उठ्लान; इण्डियन गोर्खा जनशक्ति फ्रन्टको राजनैतिक धरातल बलियो भएर जाला तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई भने जनताले विस्तारै विस्तारै राजनैतिक विर्सजन गर्नेछन् – “मुखमा राम राम वगलीमा छुरा ” नै राजनैतिक विसर्जन हुनुको मुल कारण हुन्।

Share this news
आजको रोजाइ
पश्चिम बंगालको चर्चित भांगर बम विस्फोट प्रकरणमा एनआईएको कार्वाही

पश्चिम बंगालको चर्चित भांगर बम विस्फोट प्रकरणमा एनआईएको कार्वाही

पश्चिम सिक्किम, सोरेङ जिल्लाद्वारा सोरेङमा विश्व पर्यावरण दिवस पालन

पश्चिम सिक्किम, सोरेङ जिल्लाद्वारा सोरेङमा विश्व पर्यावरण दिवस पालन

ए.आई.जी.एल., र गोर्खा दुःख निवारक सम्मेलनको गोप्य राजावादी नेटवर्क

ए.आई.जी.एल., र गोर्खा दुःख निवारक सम्मेलनको गोप्य राजावादी नेटवर्क

नीट परीक्षालाई लिएर देशव्यापी आक्रोश झडपपछि प्रशासन पूर्ण सतर्क

नीट परीक्षालाई लिएर देशव्यापी आक्रोश झडपपछि प्रशासन पूर्ण सतर्क

पारिजात संघद्वारा मिरिक झील परिसरमा विश्व पर्यावरण दिवस पालन

पारिजात संघद्वारा मिरिक झील परिसरमा विश्व पर्यावरण दिवस पालन

पश्चिम बंगाल विधानसभा चुनावमा हारपछि तृणमूल पूर्णरूपले पतनतिर

पश्चिम बंगाल विधानसभा चुनावमा हारपछि तृणमूल पूर्णरूपले पतनतिर

समयको चक्र र सत्ताको खेल: ‘दैवको लौरो’ कसैका लागि पाखो हुँदैन

समयको चक्र र सत्ताको खेल: ‘दैवको लौरो’ कसैका लागि पाखो हुँदैन

संविधान संशोधन टोलीद्वारा पूर्वराष्ट्रपतिद्वय यादव-भण्डारीसँग सुझाव संकलन

संविधान संशोधन टोलीद्वारा पूर्वराष्ट्रपतिद्वय यादव-भण्डारीसँग सुझाव संकलन

प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिज्म महोत्सव २०२६ माथि महत्वपूर्ण बैठक 

प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिज्म महोत्सव २०२६ माथि महत्वपूर्ण बैठक 

भाजपा सिक्किम टोलीले भेट्यो केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई 

भाजपा सिक्किम टोलीले भेट्यो केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई 

आजको रोजाइ