International Agro Tourism Festival
International Agro Tourism Festival

प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिज्म महोत्सव २०२६ माथि महत्वपूर्ण बैठक 

Share this news

सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको दिशा निर्देशनमा प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिज्म महोत्सव २०२६ को तयारीलाई अगाडि बढाउने उद्देश्यले पर्यटन कार्यालय, गान्तोकमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा पर्यटन तथा नागरिक उड्डयन विभागका नवनियुक्त आयुक्त एवम् -सचिव राज यादव तथा विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्पा,मुख्यमन्त्रीका सीए उर्गेन लेप्चा,ओएसडी डी.बी. छेत्री, डिस्कभर तिमी, मार्ताम विकास समिति तथा रिनाक पर्यटन विकास समाज का प्रतिनिधिहरू सहभागी थिए। यसैगरी आरटीडीएस अध्यक्ष बिनोद सुब्बा, महासचिव भेषराज शर्मा,रोहित रासाइली, शेखर प्रधान तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। महोत्सवको मूल विषय: “तीन राष्ट्र, तीन जिल्ला, तीन विधानसभा क्षेत्र” रहेको छ भने महोत्सव कार्यक्रम तालिका यस प्रकार रहेको छः १३ जुन २०२६ – तिमी, १४ जुन २०२६ – मार्ताम र १५ जुन २०२६ – रिनाक बजार।

यस महोत्सवको मुख्य उद्देश्य एग्रो टुरिज्म तथा ग्रामीण पर्यटनको प्रवर्द्धन गर्नु, सिक्किमको जैविक कृषि प्रणाली तथा स्थानीय संस्कृति र परम्पराको प्रदर्शन गर्नु, सामुदायिक सहभागिता सुदृढ गर्नु तथा ग्रामीण समुदायका लागि दिगो जीविकोपार्जनका अवसरहरू सिर्जना गर्नु हो। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले) को दूरदर्शी सोंच र मार्गनिर्देशन अनुसार यस पहलमार्फत पर्यटन क्षेत्रबाट प्राप्त लाभ राज्यका प्रत्येक गाउँसम्म पुर्‍याउने, स्थानीय समुदायलाई सशक्त बनाउने, रोजगारीका अवसरहरू सिर्जना गर्ने तथा दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।बैठकमा पर्यटन तथा नागरिक उड्डयन विभाग, सिक्किम सरकारले महोत्सवको सफल आयोजनाका लागि पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

विभागले आयोजक समितिहरूसँग समन्वय गर्दै यस अन्तर्राष्ट्रिय महोत्सवलाई भव्य र सफल बनाउन आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ। यस अवसरमा प्रतिनिधिमण्डलले मुख्यमन्त्री कार्यालयका प्रधान सचिव एस.डी. ढकालसँग पनि भेटघाट गरी महोत्सवको तयारी तथा उद्देश्यबारे जानकारी गराएको थियो। उनले पनि मुख्यमन्त्री कार्यालयको तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने विश्वास दिलाउँदै महोत्सव सफल बनाउन आवश्यक सबै सहयोग उपलब्ध गराइने बताएका छन्।आयोजक पक्षले यस ऐतिहासिक पहलमार्फत सिक्किमलाई अन्तर्राष्ट्रिय एग्रो टुरिज्म गन्तव्यको रूपमा स्थापित गर्दै राज्यको समृद्ध संस्कृति, जैविक कृषि, ग्रामीण आतिथ्यता तथा दिगो पर्यटन अभ्यासलाई विश्वसामु प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
पश्चिम बंगालको चर्चित भांगर बम विस्फोट प्रकरणमा एनआईएको कार्वाही

पश्चिम बंगालको चर्चित भांगर बम विस्फोट प्रकरणमा एनआईएको कार्वाही

पश्चिम सिक्किम, सोरेङ जिल्लाद्वारा सोरेङमा विश्व पर्यावरण दिवस पालन

पश्चिम सिक्किम, सोरेङ जिल्लाद्वारा सोरेङमा विश्व पर्यावरण दिवस पालन

ए.आई.जी.एल., र गोर्खा दुःख निवारक सम्मेलनको गोप्य राजावादी नेटवर्क

ए.आई.जी.एल., र गोर्खा दुःख निवारक सम्मेलनको गोप्य राजावादी नेटवर्क

नीट परीक्षालाई लिएर देशव्यापी आक्रोश झडपपछि प्रशासन पूर्ण सतर्क

नीट परीक्षालाई लिएर देशव्यापी आक्रोश झडपपछि प्रशासन पूर्ण सतर्क

पारिजात संघद्वारा मिरिक झील परिसरमा विश्व पर्यावरण दिवस पालन

पारिजात संघद्वारा मिरिक झील परिसरमा विश्व पर्यावरण दिवस पालन

पश्चिम बंगाल विधानसभा चुनावमा हारपछि तृणमूल पूर्णरूपले पतनतिर

पश्चिम बंगाल विधानसभा चुनावमा हारपछि तृणमूल पूर्णरूपले पतनतिर

समयको चक्र र सत्ताको खेल: ‘दैवको लौरो’ कसैका लागि पाखो हुँदैन

समयको चक्र र सत्ताको खेल: ‘दैवको लौरो’ कसैका लागि पाखो हुँदैन

संविधान संशोधन टोलीद्वारा पूर्वराष्ट्रपतिद्वय यादव-भण्डारीसँग सुझाव संकलन

संविधान संशोधन टोलीद्वारा पूर्वराष्ट्रपतिद्वय यादव-भण्डारीसँग सुझाव संकलन

प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिज्म महोत्सव २०२६ माथि महत्वपूर्ण बैठक 

प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिज्म महोत्सव २०२६ माथि महत्वपूर्ण बैठक 

भाजपा सिक्किम टोलीले भेट्यो केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई 

भाजपा सिक्किम टोलीले भेट्यो केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई 

आजको रोजाइ