खरसाङ म.वि.का वरिष्ठ प्रा.गंगाप्रसाद भट्टराईलाई पूर्व छात्राद्वारा सम्मान प्रदान

Share this news

खरसाङ महाविद्यालय नेपाली विभागका वरिष्ठ प्राध्यापक गंगा प्रसाद भट्टराईलाई खरसाङ महाविद्यालयका नेपाली विभागका भूतपूर्व विद्यार्थी प्राध्यापक रीना सुब्बाद्वारा सम्मान जनाएका छन् । खरसाङ महाविद्यालय नेपाली विभागको आयोजनामा विगत ०२ जून २०२६ मंगलबारको दिन प्राध्यापक रीना सुब्बाको चौथो पुस्तक ‘ नारीवाद तथा नारीवादी आलोचना’-को भव्य विमोचन कार्यक्रम सम्पन्न गरिएको थियो । आफैलाई अध्ययन गराउनु भएको शिक्षकको उपस्थितिमा उहाँलाई विशिष्ट अतिथिको रूपमा राखी आफ्नो कृति विमोचन गर्न पाउँदा सर्जकले अत्यन्तै खुसी व्यक्त गरेका थिए । नेपाली विभागका प्रमुख प्राध्यापक सरस्वती मोहोराको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा लेखक रीना सुब्बाले आफूलाई विद्यार्थी जीवनमा पढ़ाउनु भएका विभागका वरिष्ठ प्राध्यापक गंगा प्रसाद भट्टराईलाई अङ्गवस्त्र साथै स्मृति चिन्ह प्रदान गरी सम्मान व्यक्त गरेका थिए । जीवनमा एक समय खरसाङ महाविद्यालय नेपाली विभागमा अध्ययन गरेका रीना सुब्बा आज त्यहीँ विभागमा आफ्नै शिक्षकसँगै प्राध्यापकका रुपमा कार्यरत छन् । शिक्षकले केवल पाठ पढ़ाउने मात्र होइन, जीवनको सही बाटो देखाउने मार्गदर्शक पनि हुन् । तसर्थ उनको आफ्नो शैक्षिक यात्रामा आफ्नो गुरु भट्टराईद्वारा प्राप्त शिक्षा, प्रेरणा, स्नेह, अनुशासन, मार्गदर्शनकै कारण उनी आज एक लेखक साथै प्राध्यापकको रूपमा उभिन सफल भएको उल्लेख गर्दै उनले आफ्नो गुरु गंगा प्रसाद भट्टराईप्रति सम्मान जनाउँदै कृतज्ञता व्यक्त गरेका हुन् भनी प्राध्यापक रीना सुब्बाले बताएका छन् ।

कार्यक्रममा उपस्थित असमबाट आउनु भएका असम नेपाली साहित्य सभाका प्रमुख कार्यकारिणी सदस्य एवं वरिष्ठ साहित्यकार तिलक ओली साथै पुस्तकका प्रकाशक, गामा प्रकाशनका प्रमुख कृष्ण क्षेत्रीलाई पनि सम्मान स्वरूप स्मृति चिन्ह प्रदान गरेका थिए । सम्मान दिने क्रममा लेखक रीना सुब्बाको साहित्यिक जीवनको प्रारम्भदेखि नै मार्गदर्शन प्रदान गर्नु हुने डुर्वसका वरिष्ठ साहित्यकार जनार्दन थापा भने कार्यक्रममा उपस्थित हुन नसकेका कारण उहाँलाई सम्झना गर्दै अन्य कार्यक्रममा सम्मान जनाउने बताएका छन् । साहित्यको क्षेत्रमा उहाँलाई सहयोग पुर्याउनु हुने वरिष्ठ साहित्यकार, समालोचक अर्जुन पियूष पनि कार्यक्रममा उपस्थित हुन नसकेको कारण उहाँको स्मृति चिन्ह पनि अन्य कार्यक्रममा प्रदान गर्ने बताएका छन्।

खरसाङ महाविद्यालयका नेपाली विभागद्वारा आयोजित यस समारोहमा प्रमुख अतिथिका रूपमा डा. रागिनी थापा (सोनादा डिग्री कलेज नेपाली विभाग प्रमुख) साथै विशिष्ट अथितिको रूपमा भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार सम्माननीय जस योञ्जन ‘प्यासी’ उपस्थित थिए। त्यसैगरी असमबाट, असम नेपाली साहित्य सभा केन्द्रिय कार्यकारिणी सदस्य वरिष्ठ साहित्यकार तिलक ओली, दार्जीलिङबाट कवि मोती सुब्बा, खरसाङबाट अशित राई स्मृति मञ्चका अध्यक्ष साथै प्रख्यात साहित्यकार, समालोचक ऋषि राई, सचिव साथै साहित्यकार दीपक ठटाल विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने पुस्तकका प्रकाशक गामा प्रकाशन दार्जीलिङबाट कृष्ण क्षेत्री पनि उक्त विमोचन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । सिलगड़ीबाट ‘एसोसिएशन फर रिसर्च एण्ड नन-प्रफिटेबल एक्टीभिटिज (आरनोवा)-का सह – सचिव राहुल (बिनोद) तामाङ पनि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए साथै विभागका वरिष्ठ प्राध्यापक गंगा प्रसाद भट्टराई खरसाङ महाविद्यालय नेपाली विभागका तर्फबाट विशिष्ट अतिथिका रुपमा उपस्थिति थिए। प्रा. रीना सुब्बाद्वारा सफल कार्यक्रम आयोजित गरे वापत खरसाङ महाविद्यालयका प्राचार्य, नेपाली विभागका प्रमुख प्रा., विभागका अन्य प्राध्यापकगण, अशिक्षण सहयोगीगण साथै विद्यार्थीप्रति विशेष आभार प्रकट गरिएको छ।


Share this news
आजको रोजाइ
पश्चिम बंगालको चर्चित भांगर बम विस्फोट प्रकरणमा एनआईएको कार्वाही

पश्चिम बंगालको चर्चित भांगर बम विस्फोट प्रकरणमा एनआईएको कार्वाही

पश्चिम सिक्किम, सोरेङ जिल्लाद्वारा सोरेङमा विश्व पर्यावरण दिवस पालन

पश्चिम सिक्किम, सोरेङ जिल्लाद्वारा सोरेङमा विश्व पर्यावरण दिवस पालन

ए.आई.जी.एल., र गोर्खा दुःख निवारक सम्मेलनको गोप्य राजावादी नेटवर्क

ए.आई.जी.एल., र गोर्खा दुःख निवारक सम्मेलनको गोप्य राजावादी नेटवर्क

नीट परीक्षालाई लिएर देशव्यापी आक्रोश झडपपछि प्रशासन पूर्ण सतर्क

नीट परीक्षालाई लिएर देशव्यापी आक्रोश झडपपछि प्रशासन पूर्ण सतर्क

पारिजात संघद्वारा मिरिक झील परिसरमा विश्व पर्यावरण दिवस पालन

पारिजात संघद्वारा मिरिक झील परिसरमा विश्व पर्यावरण दिवस पालन

पश्चिम बंगाल विधानसभा चुनावमा हारपछि तृणमूल पूर्णरूपले पतनतिर

पश्चिम बंगाल विधानसभा चुनावमा हारपछि तृणमूल पूर्णरूपले पतनतिर

समयको चक्र र सत्ताको खेल: ‘दैवको लौरो’ कसैका लागि पाखो हुँदैन

समयको चक्र र सत्ताको खेल: ‘दैवको लौरो’ कसैका लागि पाखो हुँदैन

संविधान संशोधन टोलीद्वारा पूर्वराष्ट्रपतिद्वय यादव-भण्डारीसँग सुझाव संकलन

संविधान संशोधन टोलीद्वारा पूर्वराष्ट्रपतिद्वय यादव-भण्डारीसँग सुझाव संकलन

प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिज्म महोत्सव २०२६ माथि महत्वपूर्ण बैठक 

प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिज्म महोत्सव २०२६ माथि महत्वपूर्ण बैठक 

भाजपा सिक्किम टोलीले भेट्यो केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई 

भाजपा सिक्किम टोलीले भेट्यो केन्द्रीय राज्यमन्त्री अजय टम्टालाई 

आजको रोजाइ